Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

डाइभर्सन बगेपछि बुटवल-बर्दघाट सडकखण्ड अवरूद्ध


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, असार १६ २०७८
  • 2.9K
    SHARES

काठमाडौं । बाढीले डाइभर्सन बगाएपछि पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल-बर्दघाट सडकखण्ड अवरूद्ध भएको छ ।

नवलपरासीको सुनवल नगरपालिका वडा नम्बर-१३ बडेरास्थित डाइभर्सन मंगलबार राति आएको बाढीले बगाएको हो ।

डाइभर्सन बगाएपछि बुधबार बिहान साढे ४ बजेदेखि बुटवल-बर्दघाट सडकखण्ड अवरूद्ध भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

यसैगरी तनहुँको म्याग्देस्थित थर्पुमा पहिरो खसेपछि अवरुद्ध भएको पृथ्वी राजमार्ग केहीबेर अगाडि खुलेको छ । लेदो माटोका कारण १२ चक्के ठूलो गाडी फसेपछि राजमार्ग अवरुद्ध भएको थियो । इलाका प्रहरी कार्यालय थर्पुका अनुसार पहिरो पन्छाएर फसेको गाडीसमेत निकालेपछि सडक खुलेको छ ।

यसैगरी पोखरा-बागलुङ सडकखण्ड अन्तर्गत पर्वतको कुश्मा-१ सहर्षधारामा मंगलबार बिहान २ बजे खसेको पहिरो पन्छाएपछि बिहान ६ बजेदेखि सडक खुलेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४