तर अहिले एमालेमा एकताको प्रयास भइरहेको छ र प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले अदालतको रिटमा भएको हस्ताक्षर फिर्ता लिनुपर्नेमा जोड दिएका छन् । माधव समूहका नेताहरुले भने हस्ताक्षर फिर्ता नलिने, तर अदालतको फैसला आउँदा एमाले एकठाउँमा उभिनुपर्ने बताएको छ ।
विपक्षी गठबन्धनले शनिबार गरेको कार्यक्रममा एमाले नेता नेपालले देउवालाई धोका नदिने बताए । ‘शेरबहादुरजीलाई बीचैमा पत्तासाफ गर्नुस्, तपाई प्रधानमन्त्री भइहाल्नुस्’ भन्ने प्रस्ताव आफूलाई आउन थालेको भन्दै उनले भने, ‘माधव नेपाल धोका दिने मान्छे होइन । जुन प्रक्रिया अगाडि बढेको छ, त्यहा“ धोका दिने पक्षमा छैन । हस्ताक्षर फिर्ता लिने पक्षमा छैन ।’
प्रतिउत्तरमा कांग्रेस सभापति देउवाले पनि एमाले नेता नेपाललाई धोका नदिने बचन दिएका छन् । उनले भने, ‘माधवजी लडाकू मित्र हो, उहाँलाई कुनै धोका हुँदैन ।