तर, नीति तथा कार्यक्रम पारित हुनुअघि कुनै छलफल नगरिएको भन्दै बहुमत कार्यपालिका सदस्यहरुले असन्तुष्टि जनाएका छन् ।
ललितपुरमा मेयर चिरीबाबु महर्जन र उपमेयर गिता सत्याल नेपाली कांग्रेसका हुन् । मेयर र उपमेयर कांग्रेसको भए पनि लतिलपुर महानगरमा कांग्रेस अल्पमतमा छ ।
वडाध्यक्ष महर्जनले विज्ञप्ति नै सार्वजनिक गरेर ६६ जना नगरसभा सदस्य र ३९ जना कार्यपालिका सदस्यहरुमध्ये २६ जना आजको नगरसभामा सहभागी नहुने बताएका छन् ।
आजै नगरसभामा बजेट प्रस्तुत गर्ने मेयर महर्जनको तयारी छ । विहान ११ बजे बोलाइएको नगरसभा किचालोको कारण सुरु हुन सकेको छैन ।