Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

उपप्रधानमन्त्री महतोलाई अर्को झट्का, मन्त्री पद खारेज हुने !


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, जेष्ठ ३० २०७८
  • 4.5K
    SHARES

काठमाडौँ – उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री राजेन्द्र महतोलाई अर्को झट्का लागेको छ । उपप्रधानमन्त्रीको सपथ लिएको दिनदेखि नै विवादित बनेका महत्तोलाई अर्को झट्का लागेको हो ।
केही दिन अघि नागरिकता छानविन गर्न माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो । उक्त उजुरीमाथि छानविन गर्नका लागि उजुरी उपर छलफल सुरु भएको छ ।
महतोले लिएको नागरिकतामा झुटो विवरण पेश गरेको भन्दै आवश्यक कारबाहीको लागि गृह मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा नयाँ पार्टी ,नेपालले उजुरी हालेको थियो ।
महतोको स्थायी घर सितामढी जिल्ला कोहवरवा गाउँ भारतमा रहेको दावीसहित नयाँ पार्टी ,नेपालले महतोको नागरिकता छानविन गर्न माग गरेको छ । यसअघि छानबिन भएपनि लामोसमय भइसक्दासमेत अख्तियारले कुनै कारबाहि नगरेको भन्दै पार्टीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
‘पार्टीले तत्काल महतोको नागारिकता खारेज गर्दै उनले कमाएका व्यक्तिगत सम्पत्ति समेत राज्यको मातहत ल्याई निजलाई तत्काल कानुन बमोजिम आवश्यक कारबाही गर्न तथा देश निकाला गर्न माग गर्दछौँ ।’ उजुरी पत्रमा भनिएको छ, ‘यदि अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट यो काम हुँदैन र हुन सक्दैन भने जनस्तरबाट भौतिक कारबाही गर्न परेमा र त्यस्तो घटना घटेको खण्डमा त्यसको सम्पूर्ण जिम्मेवारी नेपाल सरकार, गृह मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्बन्धीत व्यक्ति राजेन्द्र सुडी (महतो) नै हुने समेत जानकारी गराउन चाहन्छौँ ।’
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको दर्ता नम्बर सि–०३४५४१ भएको उक्त निवेदन उपर छलफल गरी आवश्यक कारवाहीको तयारी थालिएको अख्तियारले जनाएको छ । अख्तियारले कसैको प्रलोभनमा नपरेर निश्पक्ष रुपमा काम गरेको खण्डमा उपप्रधानमन्त्री महतोेको मन्त्री पद खारेज  हुनेछ ।

तपाईको एक सेयरले थाहा नपाएकाले जानकारी पाउनेछन भने हामीलाई पनि सहयोग पुग्नेछ । कृपया सेयर गरिदिनुहोला। निरन्तर ताजा अपडेटका लागि www.jananewsnepalkhabar.com भिजिट गर्नुहोला।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४