Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एमाले र थापालाई शुक्रबार कालोदिन सावित, ठाउँको ठाउँ शक्तिशाली निर्णय !


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, जेष्ठ २९ २०७८
  • 3K
    SHARES

पोखरा । गण्डकी प्रदेश सभाको सचिवालयले कम्युनिस्ट मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको संसदमा बहुमत नरहेको पत्र प्रदेश प्रमुखको कार्यालयमा पठाएको छ ।

मुख्यमन्त्री गुरुङले बिहीबारको मतदानमा विश्वासको मत गुमाएका थिए । बहुमतका लागि ३१ मत आवश्यक पर्नेमा गुरुङको पक्षमा २७ मत खसेको थियो ।

सभामुख नेत्रनाथ अधिकारीले प्रदेश प्रमुख कार्यालयलाई पत्र पठाई शुक्रबार त्यसबारे जानकारी गराएको कांग्रेस प्रदेश सांसद विष्णु लामिछानेले जानकारी दिएका छन् ।

संसदको पत्रको आधारमा प्रदेश प्रमुख सीता पौडेलले संविधानको धारा १६८ को उपधारा (५) अनुसारको सरकार बनाउन अब आव्हान गर्नुपर्ने हुन्छ ।

उता, राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापालाई गण्डकी प्रदेशको सांसद पदबाट पुनः हटाइएको छ ।

मुख्यमन्त्री गुरुङको विपक्षमा मतदान गर्न पार्टीले गरेको ह्विप उल्लंघन गरेपछि थापालाई दोस्रोपटक सांसदबाट हटाइएको हो । बिहीबारको मतदान प्रक्रियामा थापा तटस्थ बसेका थिए ।

जनमोर्चाको संसदीय दलले थापालाई हटाएको सूचना संसद सचिवालयमा दर्ता गरिएको थियो । थापालाई हटाइएको पत्र सभामुख नेत्रनाथ अधिकारीले संसदको शुक्रबारको बैठकमा पढेर सुनाएका थिए ।

सांसद पद गुमेपछि सर्वोच्चमा रिट दायर गरेका थापाले जेठ २३ मा पुनर्बहाली पाएका थिए । थापालाई हटाइएपछि विपक्षी गठबन्धनलाई बहुमत सिद्ध गर्न थप सहज भएको छ ।
थापालाई हटाइएपछि कूल सांसद संख्या ५९ भएको छ । बहुमतका लागि ३० सांसदले भए पुग्ने भएको छ । विपक्षी दलका ३० सांसदले बिहीबार मुख्यमन्त्री गुरुङका पक्षमा मतदान गरेका थिए ।

थापा कारबाहीमा परेपछि उक्त संख्याले गठबन्धनलाई बहुमत पुग्छ । शुक्रबार मुख्यमन्त्री गुरुङ र राष्ट्रिय जनमोर्चाका सांसद थापाका लागि कालोदिन सावित हुन पुगेको छ ।

गण्डकी प्रदेश सभाको संसद सचिवालयले गुरुङले विश्वासको मत पाउन नसकेको पत्र प्रदेश प्रमुखको कार्यालयमा दिएको छ । संसद सचिवालयले सांसद थापाको पद उडाइदिएको छ । दुबैका लागि शुक्रबार झट्का लाग्ने दिन भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४