Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

यी हुन् एमालेलाई सडकमा ल्याएर काम फत्ते गर्ने कांग्रेसी हीरो, पंगा नलिन बालुवाटारलाई चेतावनी !


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, जेष्ठ २९ २०७८
  • 5.7K
    SHARES

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गणेश लामालाई कास्कीको स्थानीय प्रशासन र प्रहरीले हातहालेर ठूलो गल्ती गरेको छ ।

कोरोना महामारीका बेला निषेधाज्ञा उल्लंघन गरेको आरोपमा पक्राउ गरिएका लामालाई दुई हजार जरिवाना गरेर शुक्रबार छोडिएको छ ।

निषेधाज्ञा उल्लंघन गरेको भन्दा पनि कांग्रेस नेता लामाले एमालेको गण्डकी प्रदेश सरकार ढालेको रिस पोख्न लामालाई पक्राउ गरेको आरोप नेपाली कांग्रेसका सभापति कृष्ण केसीले लगाएका छन् । ‘गणेश लामाले निषेधाज्ञा तोडेको भनेर आरोप लगाए पनि खासमा एमालेको सरकार ढालेको भनेर रिस साँध्न पक्राउ गरिएको छ’, सभापति केसीले भने, ‘कास्की प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखले कसको दवावमा ? कसका लागि काम गरेका छन् ? हामीलाई राम्रोसँग थाहा छ ? के लामाले मात्रै निषेधाज्ञा तोकाड छन् ?’

लामा पोखारा आकाशबाट उडेर गएका थिएनन् । उनी स्थलमार्ग हुँदै पोखरा गएका थिए । कास्की जिल्ला प्रवेश गर्दा लामालाई प्रहरीले किन सिमानामा रोकेन ? कि प्रहरीकै सुरक्षा संयन्त्र कमजोर छ । कि आफ्नो असक्षमता लुकाउन प्रहरीले लामालाई पक्राउ गरेर बहादुरी देखाउन खोजेको हो ? वा एमालेका गृहमन्त्री खगराज अधिकारी र मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको दवावमा लामालाई पक्राउ गरेर बदला लिएको हो ।
लामालाई पक्राउ गर्नुको चित्तबुझ्दो जवाफ प्रहरीले दिन सकेको छैन । बरु दुई हजार जरिवाना तिराएर रातभरि प्रहरी चौकीभित्र रिसतमा राखेर छाडेको छ ।

सत्ता र शक्ति छ भन्दैमा विना आधार र विना अपराध सर्वसाधारणलाई दुःख दिने एमाले सरकारको नीति हो भन्ने कुरा पुष्टि भएको छ । पोखराको घटनाको बास्तविकता के हो भने कांग्रेसका युवा नेता लामाले एकझट्कामा एमालेको गण्डकी प्रदेशको अधिनायकवादी कम्युनिस्ट सरकारलाई ढालेर संविधान र लोकतन्त्रको पक्षमा ठूलो भूमिका खेलेका छन् । लामाले एमालेको प्रदेश सरकार ढालेपछि तनावमा आएकाहरूले रिसको आवेगमा उठाएको खराब कदमका रुपमा कांग्रेसले विश्लेषण गरेको छ ।

कांग्रेस नेता लामाकै आग्रहमा स्वतन्त्र सांसद राजिव गुरुङ उर्फ दीपक मनाङेले नेपाली कांग्रेससहितको विपक्षी गठबन्धनलाई साथ दिएर गण्डकी प्रदेश भङ्ग गर्ने एमाले र मुख्यमन्त्री गुरुङको योजनालाई विफल बनाइदिएका थिए ।

लामा र मनाङेबीच कांग्रेस नेतृत्वको विपक्षी गठबन्धनलाई साथ दिने सहमति एमाले र मुख्यमन्त्री गुरुङलाई मन परेको थिएन । लामाले सरकार ढालिदिएपछि तनावमा परेका मुख्यमन्त्री गुरुङ, कास्की नै घर भएका गृहमन्त्री खगराज अधिकारीसहितका एमालेका नेताहरूको दवावमा बिहीबार लामालाई दुःख दिने मनसायले पक्राउ गरेर हिरासतमा राखिएको आरोप कांग्रेसको छ । संयोग नै मान्नुपर्छ अधिकारीले गृह मन्त्रीको शपथ लिएकै दिन गण्डकी प्रदेश सरकार ढलेको थियो ।

लामालाई पक्राउ गरेपछि कम्युनिस्ट सरकार र प्रहरी प्रशासनले देशभरिको दवाव खेप्न सकेन । कांग्रेस नेता लामाले एमालेको गण्डकी प्रदेश सरकारलाई धुलो चटाएर भुइँमा पच्छारेपछि एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री खड्गप्रसाद ओलीलाई झन् ठूलो झड्का लागेको छ ।

कांग्रेस नेता लामामाथि अधिनायकवादी कम्युनिस्ट सरकारबाट भविष्यमा विभिन्न आक्षेपहरू लगाएर दुःख दिन सक्ने अनुमान कास्की कांग्रेसको छ । ‘कांग्रेस नेता गणेश लामामाथि प्रतिशोधन साँध्न एमालेको कम्युनिस्ट सरकारले दुःख दिन सक्छ’, सभापति केसीले भने, ‘कांग्रेसका कुनै पनि नेता कार्यकर्तालाई दुःख दिने काम भयो भने त्यसको परिणाम उचित हुनेछैन ।’

कांग्रेसका युवा नेता लामाले प्रहरी प्रशासनले अनावश्यक रुपमा आफूलाई दुःख दिएको प्रतिक्रिया दिएका छन् । उनले भने, ‘मेरो कुनै गल्ती छैन । म होटेलमा थिएँ । बाहिर निस्किएर कुनै नारावाजी वा हो–हल्ला गरेको थिएन । सत्ताको दुरुपयोग गरेर म र मेरा साथीहरूलाई दुःख दिइएको छ ।’

अखिर २ हजार लिएर छाड्न बाध्य भएको छ । वडा प्रहरी कार्यालय बैदामको नियन्त्रणमा रहेका लामालाई प्रहरीले शुक्रबार जिल्ला प्रशासन कार्यालयमा हाजिर गराएको थियो ।

कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले दुई हजार जरिवाना तिराएर लामालाई रिहा गरेका हुन् ।

लामासहित बुधबार पोखरा आएका चन्द्र लामा र रमेश खड्कासँग पनि जनही दुई हजार जरिवाना तिराएको कास्की प्रहरी प्रवक्ता डीएसपी सुवास हमालले बताएका छन् ।

बिहीबार प्रदेश सभामा भएको विश्वासको मतदानमा मन्त्रीसमेत रहेका मनाङे अनुपस्थित भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४