Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

संक्रमितको नि:शुल्क उपचारका लागि सरकारले ग-यो देशभरका ३० अस्पतालसँग सम्झौता


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, जेष्ठ ६ २०७८
  • 6.5K
    SHARES


काठमाडौं /  कोरोना संक्रमितको उपचार निशुल्क गर्नका लागि सरकारले सात प्रदेशका ३० वटा निजी अस्पताल तथा मेडिकल कलेजहरुसँग सम्झौता गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ६ प्रदेशका ३० वटा निजी अस्पताल तथा मेडिकल कलेजहरुसँग कोरोना संक्रमितको निःशुल्क उपचारका लागि सम्झौता गरेको हो ।निशुल्क उपचारका लागि प्रदेश १ मा एक निजी अस्पताल, प्रदेश २ मा दुई २, बागमती प्रदेशमा १६ अस्पताल तथा मेडिकल कलेजसँग सम्भौता भएको हो । त्यस्तै, गण्डकी तथा लुम्बिनी प्रदेशमा २÷२ र सुदूरपश्चिम प्रदेशका ६ वटा अस्पतालहरुसँग पनि सम्झौता भएका छन ।

कुन–कुन अस्पतालमा निशुल्क उपचार हुन्छ ?

प्रदेश १ – नोबेल मेडिकल कलेज तथा शिक्षण अस्पताल, विराटनगर

प्रदेश २– नेशनल मेडिकल कलेज, वीरगञ्ज र जानकी मेडिकल कलेज, जनकपुर

बागमती प्रदेश– सिभिल अस्पताल, काठमाडौं

– चितवन मेडिकल कलेज, चितवन
– कलेज अफ मेडिकल साइन्स, भरतपुर
– नेपाल मेडिकल कलेज, काठमाडौं
– नेशनल मेडिकल कलेज, जोरपाटी
– पिपुल्स डेन्टल कलेज एण्ड डेन्टल अस्पताल
– विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, चितवन
– काठमाडौं नेशनल मेडिकल कलेज, घट्टेकुलो
– महेन्द्रनारायण नेशनल अस्पताल, काठमाडौं
– समिट अस्पताल
– हेल्पिङ ह्याण्ड्स कम्युनिटी अस्पताल
– नेपाल–भारत मैत्री अस्पताल
– बज्रबाराही चापागाउँ अस्पताल
– आनन्द भवन अस्पताल, ललितपुर
– काठमाडौं युनिभर्सिटी स्कूल अफ मेडिकल साइन्स
– काठमाडौं मेडिकल कलेज, सिनामंगल
– मेडिकेयर अस्पताल, चावहिल

गण्डकी प्रदेश– गण्डकी मेडिकल कलेज, पोखरा
–मणिपाल कलेज अफ मेडिकल साइन्स, पोखरा

लुम्बिनी प्रदेश– युनिभर्सल कलेज अफ मेडिकल साइन्स
–रेसुङ्गा अस्पताल, गुल्मी

सुदूरपश्चिम– निशर्ग अस्पताल तथा रिसर्च सेन्टर, धनगढी

– माया मेट्रो अस्पताल, धनगढी
– श्री पद्यमा अस्पताल, अत्तरीया
– कैलाली अस्पताल, धनगढी
– नवजीवन अस्पताल, धनगढी
– सुदूपश्चि सामुदायीक अस्पताल, अत्तरीया

यी अस्पतालहरुले निशुल्क उपचार गर्न नमानी रकम असुले कारवाहीको प्रक्रियामा जाने स्वास्थ्य मन्त्रालयले जनाएको छ । आइसोलेसनमा प्रतिदिन प्रतिव्यक्ति ३५ सय, मध्यम जटिल केशका बिरामीको उपचारका लागि ७ हजार र आईसीयू तथा भेन्टिलेटरमा उपचारका गर्नेलाई १५ हजारका दरले सोधभर्ना बापत अस्पताललाई मन्त्रालयले दिने छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४