Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कोरोना संक्रमणबाट एकै दिन २४६ को मृत्यु, ८,१७३ संक्रमित


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, जेष्ठ ५ २०७८
  • 6K
    SHARES

काठमाडौं । कोरोना भाइरस संक्रमणबाट एकै दिन २४६ जनाको मृत्यु भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा थप ८१७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणबाट एकै दिन मृत्यु हुने यो संख्या अहिलेसम्मकै उच्च हो । यसअघि वैशाख २८ गते २२५ जनाको मृत्यु भएको थियो ।

पीसीआर विधिबाट ८,०६४ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १०९ गरी ८,१७३ जना संक्रमित भेटिएका हुन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ७, ९८९ रहेको छ ।

कुन जिल्लामा कति संक्रमित थपिए ?

स्वास्थ्य मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा १,९८८ जना, कैलालीमा ४१७, मोरङमा ३८३, कास्कीमा ३४७ जना, रूपन्देहीमा ३४६ जना र झापामा ३४४ जना कोरोना संक्रमित थपिएका छन् ।

सुर्खेतमा २७४, ललितपुरमा २७०, बाँकेमा २४०, भक्तपुरमा २२८, सुनसरीमा २०९, धनुषामा १९९, चितवनमा १९३, बारामा १८७, दाङमा १७७, बर्दिया र अछाममा १५८/१५८ जना, काभ्रेपलाञ्चोकमा १५५, गोरखामा १४२, महोत्तरीमा १२७, सिन्धुपाल्चोकमा १२१ र धादिङमा ११७ जना कोरोना संक्रमित थपिएका छन् ।

यस्तै दोलखा र कञ्चनपुरमा ९१/९१ जना, धनकुटामा ८८, पर्सामा ८५, ताप्लेजुङमा ८३, डडेल्धुरामा ७७,सिरहामा ७३, नवलपरासी पश्‍चिममा ५५, डोटीमा ५३, सिन्धुलीमा ४५, दैलेखमा ४४, तनहुँमा ३७, नवलपरासी पुर्वमा ३५, खोटाङ र रामेछापमा २९/२९ जना र रौतहटमा २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै स्याङजामा २३, सर्लाही, नुवाकोट र अर्घाखाँचीमा २१/२१ जना, पाल्पा र बैतडीमा १९/१९ जना, सप्तरी, म्‍याग्दी र सल्‍यानमा १८/१८ जना तथा तेह्रथुम, सोलुखुम्बु र लमजुङमा १६/१६ जना संक्रमित थपिएका छन् ।

संखुवासभामा १४, मनाङमा १३, कपिलवस्तु र कालिकोटमा १२/१२ जना, पर्वतमा १०, रोल्पामा ८, भोजपुरमा ७, बागलुङ र जुम्लामा ६/६ जना र ओखलढुंगामा ५ जना कोरोना संक्रमित थपिएका छन् ।

यस्तै उदयपुर र मकवानपुरमा ४/४ जना, इलाम, गुल्मी र दार्चुलामा ३/३ जना, रूकुम पश्‍चिममा २ तथा पाँचथर, रसुवा, प्‍युठान, जाजरकोट र हुम्लामा १/१ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यस्तै ९ वर्ष मुनिका १९० बालबालिकामा कोरोना संक्रमण देखिएको छ भने १० देखि १९ वर्ष उमेर समूहका ५२८ जना संक्रमित देखिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४