Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आजको राशिफल – Aajako Rashifal


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, जेष्ठ ४ २०७८
  • 6.4K
    SHARES

२०७८ जेठ ४ गते, मंगलवार, १८ मे २०२१। वैशाख शुक्लपक्ष षष्ठी तिथि, ८ः०४ बजेदेखि सप्तमी। तिष्य नक्षत्र, ११ः०२ बजेदेखि अश्लेषा। चन्द्रराशि– कर्कट।

मेष – ARIES

चु, चे, चो, ला, लि, लु, ले, लो, अ

तत्कालको फाइदा हेर्दा परिस्थिति बिग्रन सक्छ। काममा धेरै लाभ उठाउन नसकिए पनि समस्या सुल्झनेछन्। पहिलेका कमजोरी सुधार गर्ने अवसर प्राप्त हुनेछ। भूमि तथा पशुधनबाट लाभ मिल्नेछ। टाढिएका आफन्त नजिकिन सक्छन्। पुरानो सम्झौता भंग हुन सक्छ। शुभचिन्तकहरूलाई साथमा लिएर जुट्नुहोला, महत्त्वाकांक्षी योजना सम्पादन हुने समय छ।

वृष – TAURUS

इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

मौका आए पनि समयमा जागरुक नबन्दा पछि परिनेछ। लेनदेन तथा हिसाबकिताबमा होसियार रहनुहोला। पहिलेका सहयोगीहरू प्रतिस्पर्धामा उत्रिन सक्छन्। सोख पूरा गर्न सञ्चित रकम खर्च हुनेछ। अग्रजहरूको सहयोगले दिगो काम प्रारम्भ गर्न सकिनेछ। तर गोपनीयता बाहिरिनाले काममा समस्या पर्न सक्छ। काम पूर्ण नभए पनि मिहिनेतले आंशिक लाभ हुनेछ।

मिथुन – GEMINI

का, कि, कु, घ, ङ, छ, के, को, ह

बौद्धिक कार्यबाट दिगो लाभ उठाउन सकिनेछ। आर्थिक गतिविधिले फाइदा दिनेछ। अध्ययनमा समय दिन नसकिए पनि ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। व्यवसायमा मनग्य धनलाभ हुनेछ। तर, अरूको विषयमा चासो राख्दा दु:ख पाइनेछ। बोलीको गलत अर्थ लाग्न सक्छ, विचार सम्प्रेषण गर्दा राम्ररी विचार पुर्याउनुहोला।

कर्कट – CANCER

हि, हु, हे, हो, डा, डि, डु, डे, डो

रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्न सक्छ। आफन्तसँग भेटघाट हुनुका साथै स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरूले उत्साह जगाउनेछन्। दिगो काममा फाइदा उठाउन सकिनेछ। तर आगन्तुकहरूबाट अलि सजग हुनुपर्ला। स्वास्थ्यमा केही बाधा हुने समय छ। 

सिंह – LEO

मा, मि, मु, मे, मो, टा, टि, टु, टे

अर्थअभाव खट्किए पनि आवश्यक पर्दा सरसापट वा कर्जामार्फत धन जुट्नेछ। विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय छ। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम बन्नेछ। टाढाका साथीभाइले काममा साथ दिनेछन्। तर, खर्च बढ्नेछ भने आलस्य गर्ने बानीले पनि काममा पछि परिनेछ। पछिका लागि केही वस्तु त्याग्नुपर्ला।

कन्या – VIRGO

टो, प, पि, पु, ष, ण, ठ, पे, पो

आम्दानी बढ्नाले उत्साह जाग्नेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। राम्रो उपलब्धि हातलागी हुनेछ। पहिले रोकिएको काम बन्नेछ भने जिम्मेवारी समेत बढ्न सक्छ। साझेदारीबाट पनि लाभ मिल्नेछ। पारिवारिक आवश्यकता पूर्ति होला। श्रमको उचित मूल्यांकन हुनेछ। सञ्चित धनको उपयोगबाट विशेष लाभ मिल्नेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ।

तुला – LIBRA

र, रि, रु, रे, रो, ता, ति, तु, ते

आफ्ना काममा अरूको मुख ताक्नाले पछि परिनेछ। उचित मूल्यांकन भए पनि मिहिनेतको प्रतिफल हातपार्न केही समय लाग्नेछ। महत्त्वाकांक्षा पूरा नहुनाले मन खिन्न रहनेछ। मिहिनेतले राम्रो परिणाम दिलाए पनि प्रतिफल अरूले हत्याउने चेष्टा गर्नेछन्। काम सम्पादन भए पनि तत्काल धेरै आम्दानीको आशा नराख्नुहोला। पछि फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ। 

वृश्चिक – SCORPIO

तो, ना, नि, नु, ने, नो, या, यि, यु

सानो प्रयत्नले धेरैको भलाइ गर्न सक्छ। चुनौतीहरू पन्छाउँदै चिताएको काम बनाउन सकिनेछ। रोकिएका काम सम्पादन हुनेछन् भने मिहिनेतले लक्ष्यमा पुर्याउनेछ। समाजमा विवादास्पद काम गर्नुपर्दा समस्यामा परिनेछ। ईर्ष्यालु मन भएकाहरूले सताउनेछन्। अरूका काममा धेरै समय व्यतीत गर्नुपर्नेछ। तापनि लगनशीलताले बिस्तारै उद्देश्यमा पुर्याउन सक्छ।

धनु – SAGITTARIUS

ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

खर्च र चुनौतीको समय रहेको हुँदा अलि सजग रहनुपर्ला। पहिलेका समस्या दोहोरिनाले उत्साहपूर्वक काम गर्न नसकिएला। गोपनीयता बाहिरिनाले पनि समस्या पर्न सक्छ। स्वास्थ्यमा विशेष ध्यान पुर्याउनुहोला। सानातिना काममा अल्झनुपर्दा ठूलो काम रोकिन सक्छ। आशा देखाउनेहरूको भरपर्दा व्यर्थैमा धोका पाइएला। खर्च बढ्नाले अर्थ अभाव पनि महसुस हुनेछ।

मकर – CAPRICORN

भो, ज, जि, खि, खु, खे, खो, गा, गि

परिवेश उल्लासमय रहे पनि जीवनशैली व्यस्त रहनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। तर आफन्तजनसँग सुमधुर सम्बन्धका लागि विशेष ध्यान पुर्याउनुहोला। व्यवसायको सन्दर्भमा यात्राको योग देखिए पनि माैसमी समस्याबाट जाेगिन सजग रहनुहाेला। मनोरञ्जनमा अलमलिँदा लक्ष्यमा पुग्न विलम्ब हुनेछ। प्रतिष्ठा एवं लोकाचारका लागि फजुल खर्च बढ्न सक्छ। 

कुम्भ – AQUARIUS

गु, गे, गो, सा, सि, सु, से, सो, द

वैधानिक प्रावधानले लक्ष्यमा पुग्न अप्ठ्यारो पार्नेछ। अधिकार सुरक्षा गर्न जुट्नुपर्नेछ। केही चुनौतीहरू देखिनेछन्। काममा सोचेको फाइदा उठाउन नसकिएला। प्रतिस्पर्धी बढ्नाले समस्या थपिएलान्। चिताएका काममा बाधा पुर्याउनेहरू प्रशस्तै हुनेछन्। अप्ठ्यारो परिस्थिति सामना गर्नुपर्ला। फजुल खर्चका साथै ठगीमा परिने योग भएकाले होसियार रहनुहोला।

मीन – PISCES

दि, दु, थ, झ, ञ, दे, दो, च, चि

प्रयत्न गरेका काम मुस्किलले सम्पादन हुनेछन्। अस्वस्थताले आफूलाई कमजोर भएको अनुभूति हुनेछ। काममा ढिलासुस्ती हुन सक्छ। विवादास्पद कामको जिम्मेवारी वहन गर्नुपर्ला। सेवामूलक काम बीचैमा रोकिन सक्छ। तापनि, पशुपालन तथा कृषिबाट लाभ मिल्नेछ। परिस्थितिले काममा अलमल्याए पनि मिहिनेत गर्दा फाइदाको स्रोत पहिल्याउन सफल भइनेछ।

#नेपाली पात्रोबाट साभार गरिएको

#उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४