Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

थप ७५ हजार कर्मचारी भर्ना गर्दै अमेजन, कोरोना खोप लगाउनेलाई १ सय डलर भत्ता


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, जेष्ठ १ २०७८
  • 4.9K
    SHARES

 काठमाडौं । विश्वकै ठूलो इ कमर्श कम्पनी अमेजनले नयाँ भर्ना हुने कर्मचारीहरुले कोभिड १९ को पूर्ण खोप लगाएको प्रमाण पेश गरेमा थप १ सय डलर भत्ता पाउने घोषणा गरेको छ । साथै अमेजनले कम्पनीको लजिस्टिक कार्यसञ्चालनका लागि थप ७५ हजार नयाँ कर्मचारी भर्ना गर्न लागेको पनि जनाएको छ ।

अर्थतन्त्र पुनःसुचारु गर्नका लागि कोरोना विद्धको खोप अनिवार्य बनिरहेको बेला अमेरिकाका उपभोग्य सामानका प्रमुख बिक्रेताहरुले आफ्ना कर्मचारीहरुलाई कोभिड १९ को खोप लगाउन प्रोत्साहन स्वरुप बोनस लगायतका प्रोत्साहन रकम दिन थालेका छन् । यसो गर्नेमा डलर जनरल, क्रोगर तथा टार्गेट लगायतका रिटेलर्स छन् ।

महामारीका बेला लागू भएका विभिन्न खाले बन्देजका बेला इ कमर्श क्षेत्र फस्टाएको छ र रेष्टुरेन्ट, कारखाना तथा रेटल स्टोरहरुका साथै गोदामकेन्द्रहरुमा समेत घण्टाबारी ज्यालादारी कामदारको माग उच्च बनेको छ ।

अमेजनले आफ्नो अमेरिकास्थित गोदाम केन्द्रहरुमा काम गर्नका लागि नयाँ भर्ना गर्ने कर्मचारीहरुलाई प्रतिघण्टा १७ डलर ज्याला भुक्तान गर्नेछ । साथै नयाँ भर्ना हुने कर्मचारीहरुलाई सुरुवातमै १ हजार डलर बोनस प्रदान गरिनेछ भने कोरोना खोप लगाएको प्रमाण पेश गर्नेले १ सय डलर थप पाउनेछन् ।

रोयटर्सबाट

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४