Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सर्लाहीमा शिकारी र प्रहरीबीच फायरिङ, एक शिकारी पक्राउ


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, बैशाख ३० २०७८
  • 7.7K
    SHARES

सर्लाहीको ईश्वरपुर नगरपालिका–४, सागरनाथमा बिहीबार साँझ वनमा शिकार गर्न गएको शिकारीको समूह र प्रहरीबीच जम्काभेट हुँदा गोली हानाहान भएको छ ।

वनमा हतियार बोकेर शिकारीको समूह शिकार गर्न गएको सूचना पाएपछि बयलवासस्थित ईलाका प्रहरी कार्यालय केशरगञ्ज र प्रहरी चौकी फूलजोरबाट गस्ती गर्दै गएको प्रहरी टोली र शिकारीको समूहबीच जम्काभेट हुँदा दोहोर भीडन्त भएको हो ।

केशरगञ्जका प्रहरी निरीक्षक जनकराज ढुङ्गानाका अनुसार प्रहरीलाई देख्नासाथ शिकारीहरुको समूहले भरुवा बन्दुकबाट फायरिङ गरेका थिए ।

प्रहरीले पनि आत्मरक्षाका लागि जवाफी फायरिङ गरेको प्रहरी निरीक्षक ढुङ्गानाले बताउनुभयो ।

घटनामा मानवीय क्षति भएको छैन् । घटनास्थलबाट शिकारीको समूहमध्येका ईश्वरपुर नगरपालिका–४, बस्ने अन्दाजी ४०/४५ वर्षीय एक पुरुष पक्राउ परेका छन् ।

अरु दुई/तीन जना शिकारी भने भाग्न सफल भएका र उनीहरुको पनि खोजी भइरहेको सर्लाहीका प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिनुभयो ।

सुरुमा एक थान भरुवा बन्दुक मात्रै भेटिए पनि पछि घटनास्थल आसपास खोजी गर्दै जाँदा थप दुई थान बन्दुक बरामद् भएको एसपी राठौरले बताउनुभयो ।

घटनस्थलबाट भरुवा बन्दुकसँगै त्यसमा प्रयोग हुने बारुद, फलामको केही काँटी र एउटा मृत निलगाई बरामद् भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४