काठमाडौं । कोरोना संक्रमणपछि उपचारका लागि अस्पताल भर्ना भएका पूर्वराजा ज्ञानेन्द्र शाह बुधबार राति घर फर्किएका छन् । कोरोनामुक्त भएसँगै पूर्ण स्वस्थ भई बुधबार राति ८ बजे डिस्चार्ज भएका नर्भिक अस्पतालले जनाएको छ ।
कोरोना संक्रमण भई १९ दिनअघि पूर्वराजा शाह, उनकी पत्नी पूर्वरानी कोमल र छोरी प्रेरणा नर्भिक अस्पतालमा भर्ना भएका थिए । पूर्वराजा शाहलाई अक्सिजनको सपोर्ट उपचार गरिएको थियो । ३ दिनअघि स्वाब परीक्षण गरिएकोमा रिपोर्ट नेगेटिभ आएको अस्पतालले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।