स्याङ्जा, । स्याङ्जामा जेठ १५ गतेसम्मका लागि निषेधाज्ञा बढाउने निर्णय भएको छ ।बैशाख २१ गतदेखि जारी भएको निषेधाज्ञालाई समय थप गरि जेठ १५ सम्म थप गरिएको जिल्ला प्रशासन कार्यालय स्याङ्जाले जनाएको छ ।
स्याङ्जामा कोरोना संक्रमणको दोस्रो लहर शुरु भएपछि कोरोनाबाट मृत्यु हुने संख्या १८ पुगेको छ ।जिल्ला स्वास्थ्य कार्यालय स्याङ्जाले १३ जना पुरुष र ५ जना महिलाको संक्रमणबाट मृत्यु भएको जनाएको छ ।जिल्लामा ६ सय २८ संक्रमित रहेका छन् ।
थप गरिएको निषेधाज्ञालाई कडाईका साथ लागु गरिने भएको छ ।औषधीजन्य सामग्री बाहेक खाद्यान्नजन्य सामग्री खरिदका लागि बिहान ५ बजेदेखि ९ बजेसम्म मात्रै खुल्ला राखिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले जानकारी दिनुभयो ।
अत्यावश्यक काममा बाहेक घरबाट ननिस्कन समेत प्रशासनले आग्रह गरेको छ ।निषेधाज्ञामा राजश्व संकलन, विपद् व्यवस्थापन र सरकारी कामकाजका लागि बाहेक बैंकिङ्ग सेवा समेत पूर्ण रुपमा बन्द गरिने भएको छ ।बैकिङ्ग सेवा बन्द भएपनि एटिएम सेवा भने सुचारु राखिने छ ।
थप गरिएको निषेधाज्ञालाई कडाईका साथ लागु गरिने भएको छ ।औषधीजन्य सामग्री बाहेक खाद्यान्नजन्य सामग्री खरिदका लागि बिहान ५ बजेदेखि ९ बजेसम्म मात्रै खुल्ला राखिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले जानकारी दिनुभयो ।
अत्यावश्यक काममा बाहेक घरबाट ननिस्कन समेत प्रशासनले आग्रह गरेको छ ।यसअघिको निषेधाज्ञा बैशाख २१ देखि ३१ गतेसम्म जारी भएको निषेधाज्ञा जेठ १५ सम्म थपिएको हो ।स्याङ्जामा कोरोना संक्रमण दर बढेसँगै निषेधाज्ञाको समय थप गरिएको हो ।