Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

गण्डकीमा मुख्यमन्त्री गुरुङले लिए सपथ


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, बैशाख २९ २०७८
  • 6.7K
    SHARES

 

पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुन: पृथ्वीसुब्बा पृथ्वीसुब्बा गुरुङले सपथ ग्रहण गरेका छन् । प्रदेशको प्रमुख सीताकुमारी पौडेलले गुरुङलाई बुधबार मुख्यमन्त्रीमा नियुक्त गरेलगत्तै सपथ ग्रहण गराएकी हुन् ।मुख्यमन्त्री गुरुङले गत २६ वैशाखमा राजीनामा दिएपछि प्रदेश प्रमुख पौडेलले ३ दिनभित्र बहुमतको सरकार दाबी गर्न समय दिएकी थिइन् । ३ दिनको समयसिमा आज सकिएको थियो ।

प्रदेशको मुख्यमन्त्रीका लागि दावी पेस गरेका नेपाली कांग्रेसका कृष्ण चन्द्र नेपाली पोखरेलले बहुमत पुष्टि गर्न नसकेपछि ठूलो दलको हैसियतमा एमालेकै सरकार बनेको हो । बुधवार अपरान्ह ४ बजेसम्मको समय भित्र कांग्रेस, माओवादी, जसपा र राष्ट्रिय जनमोर्चाको समर्थन रहेको पत्र लिएर पोखरेल प्रदेश प्रमुखको कार्यालयमा पुगेका थिए ।

तर, त्यही बेला जनमोर्चा संसदीय दलका नेता कृष्ण थापा र खिमबिक्रम शाहीले आफू तटस्थ रहेको बताएका थिए । र, थापाले आफूलाई दलको नेताबाट हटाइएको कार्यलाई मान्यता नदिन पत्र पठाएपछि घटनाक्रम अर्कैतिर मोडिएको थियो ।

समचार स्रोतका अनुसार मुख्यमन्त्री गुरुङ कोरोना संक्रमितसमेत रहेका छन् । उनलाई आवश्यक स्वाथ्य मापदण्ढ पूरा गरेर मुख्यमन्त्रीमा पुनः नियुक्त गरिएको । मुख्यमन्त्रीमा दोस्रोपटक संविधानको धारा १६८ (३) अनुसार गुरुङलाई अल्पमतको सरकारको मुख्यमन्त्रीको रुपमा प्रदेश प्रमुखले नियुक्त गरेकी हुन् ।
उनले अब एक महिना पछि विश्वासको मत लिनुपर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४