Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कोरोनाबाट थप १६८ जनाको मृत्यु, ९,३०५ जनामा संक्रमण


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, बैशाख २९ २०७८
  • 4K
    SHARES

काठमाडौं । पछिल्लो २४ घण्टामा ९३०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २०३६२ पीसीआर र ४२४ एन्टिजेन परीक्षणमा ९३०५ जनामा संक्रमण पुष्टि भएको हो ।

कोरोना भाइरस संक्रमणका कारण पछिल्लो २४ घण्टामा १६८ जनाको मृत्यु भएको छ ।

कुन जिल्लामा कति कोरोना संक्रमित थपिए ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा बढी काठमाडौँमा ३ हजार २५०, रूपन्देहीमा ७७१ र ललितपुरमा ४४८ जनामा कोरोना संक्रमित थपिएका छन् ।

यस्तै कैलालीमा ३३९, मोरङमा ३३६, झापामा ३००, बाँकेमा २८७, दाङमा २७७, कास्कीमा २३५ र भक्तपुरमा २२६ जना कोरोना संक्रमित थपिएका छन् ।

यस्तै चितवनमा २०४, बैतडीमा १९९, मकवानपुरमा १८३, सुनसरीमा १३०, पाल्पामा १२१, धनुषामा ११५, काभ्रेपलाञ्चोमा १०८ र पर्सा र दार्चुलामा ७८/७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यस्तै डोटीमा ७३, स्याङजामा ७१, अछाममा ६८, नुवाकोटमा ६७, नवलपरासी पूर्वमा ५७, धादिङमा ५२, रौतहट र नवलपरासी पश्‍चिममा ४५/४५ जना, सिन्धुली र बर्दियामा ४४/४४ जना, म्याग्दीमा ४२, डडेल्धुरामा ३९, अर्घाखाँची र दैलेखमा ३७/३७ जना, भोजपुरमा ३५, संखुवासभामा ३२ र कञ्‍चनपुरमा ३१ जना कोरोना संक्रमित थपिएका छन् ।

यस्तै मनाङमा २८, मुस्ताङमा २७, महोत्तरी, कपिलवस्तु र कालिकोटमा २५/२५ जना, बारामा २४, गोरखा र जाजरकोटमा २३/२३ जना, सप्तरीमा २२, गुल्मीमा १८, सिरहामा १७, सर्लाहीमा १६, रसुवामा १५, रामेछाप, सिन्धुपाल्चोक र तनहुँमा १४/१४ जना कोरोना संक्रमित थपिएका छन् ।

यस्तै पर्वतमा १३, प्युठान र सल्यानमा १०/१० जना, दोलखामा ११, उदयपुरमा ९, इलाममा ८, धनकुटा र रूकुम पश्चिममा ६/६ जना, जुम्लामा,लमजुङ, बागलुङ र रोल्पामा ५/५ जना कोरोना संक्रमित थपिएका छन् भने खोटाङ र बाजुरामा ३/३ जना, ओखलढुंगा, ताप्लेजुङ र तेह्रथुममा २/२ जना तथा पाँचथर, सोलुखुम्बु, डोल्पा र बझाङमा १/१ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै ९ वर्ष मुनिका २३२ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने १० देखि १९ वर्ष उमेर समूहका ५५६ जना कोरोना संक्रमित भेटिएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४