Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कोरोना कहर: मोरङ र सुनसरीमा थप १२ जना संक्रमितको मृत्यु


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, बैशाख २८ २०७८
  • 2.4K
    SHARES

विराटनगर । मोरङ र सुनसरीका अस्पतालमा थप १२ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । सोमबार रातिदेखि मङ्गलबार बिहानसम्म १२ जनाको मृत्यु भएको हो ।

विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा तीन, कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रमा चार, नोबेल शिक्षण अस्पतालमा तीन, र विराटनगर अस्पताल र विराट मेडिकल कलेजमा १–१ जनाको मृत्यु भएको हो ।

विराट शिक्षण अस्पतालमा विराटनगर महानगरपालिका–६ की ७० वर्षीया वृद्धा महिलाको मङ्गलबार बिहानका राति १२:३० बजे मृत्यु भएको हो । उनलाई वैशाख १९ गते भर्ना गरिएको थियो । विराटनगर अस्पतालमा धनुषाको विदेह–५ का ५५ वर्षीय पुरुषको मंगलबार बिहान ९ बजे मृत्यु भएको हो । उनलाई वैशाख २४ गते अस्पताल भर्ना गरिएको थियो ।

नोबेलमा मेडिकल कलेजमा विराटनगर–१६ का ५२ वर्षीय पुरुषको छ । उनको बिहान ४ बजे मृत्यु भएको हो । कोरोना सङ्क्रमण यकिन भएपछि वैशाख २० गते उपचारका लागि अस्पताल भर्ना गरिएको नोबेल मेडिकल कलेजका प्रवन्धक नारायण दाहालले बताए ।

नोबेलमै धनुषाको जनकपुर–४ का ५२ वर्षीय पुरुषको मृत्यु भएको छ । २२ गते भर्ना भएका पुरुषको बिहान ४:३० बजे मृत्यु भएको हो ।

उदयपुरको त्रियुगा नगरपालिका–८ का ५५ वर्षीय पुरुषको पनि नोबेलमै मृत्यु भएको छ । वैशाख २६ गते अस्पतालको आइसोलेसनमा भर्ना गरिएकी उनको बिहान ६:३० बजे मृत्यु भएको हो ।

त्रियुगा–५ का ५० वर्षीय पुरुषको कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा मृत्यु भएको छ । उनलाई वैशाख २५ गते अस्पताल भर्ना गरिएको थियो । उनको मंगलबार बिहान १:३० बजे मृत्यु भएको हो ।

झापाको दमक नगरपालिका–८ की ५६ वर्षीया महिलाको मंगलबार बिहान पनि कोसीमै मृत्यु भएको छ । उनी वैशाख १६ गते अस्पताल भर्ना भएकी थिइन् ।

विराटनगर–१० का ६८ वर्षीय वृद्धको सोमबार राति मृत्यु भएको छ । उनी वैशाख १३ गते अस्पताल भर्ना भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४