Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बूढानीलकण्ठमा काँग्रेसलाई जसपाको जवाफ– हामी तटस्थ बस्छौं


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, बैशाख २६ २०७८
  • 2.8K
    SHARES

महन्थ र राजेन्द्रसँग देउवाका दुई प्रस्ताव, एक वचन


काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले जनता समाजवादीका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोसँग छलफल गरेका छन् ।

देउवाले आइतबार विहान आफ्नो निवास बूढानीलकण्ठमा बोलाएर प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिन र नयाँ सरकार गठनका लागि आफूलाई साथ दिन आग्रह गरेका छन् । जसपा नेताहरुले चाहिँ आफूहरुले कतै पनि मत नदिने र तटस्थ बस्ने जनाऊ दिएका छन् ।

बैठकपछि जसपाका वरिष्ठ नेता राजेन्द्र महतोले रातोपाटीलाई भने, ‘प्रधानमन्त्रीले भोलि लिने विश्वासको मतका सन्दर्भमा कुराकानी गर्न देउवाजीले हामीलाई बोलाउनुभएको थियो । हामी विपक्षी भएकाले विश्वासको मतको पक्षमा मतदान गर्नुहुँदैन भन्नुभयो ।’

जवाफमा आफूहरुले प्रस्तावको पक्षमा नजाने बताएको महतोले जानकारी दिए । उनले भने, ‘हामीले भन्यौं, विश्वासको मतको पक्षमा हामी जाँदैनौं । किनभने हामीले उठाएका कतिपय माग, मुद्दा पनि पूरा भएको छैन ।’

पार्टी एकतालाई पनि जोगाउनका तटस्थ बस्ने महतोको भनाइ छ । देउवासँगको भेटपछि महतोले रातोपाटीसँग भने, ‘पार्टी एकता जोगाउनु छ, हामी सरकारको पक्षमा जान सक्दैनौं । तर, केही माग मुद्दा सम्बोधन गरिदिएको र केही सम्बोधनको प्रक्रियामा रहेकाले विपक्षमा पनि पनि हामी जाँदैनौं । हामी बीचको बाटो अख्तियार गर्छौं भनेर उहाँलाई बताएका छौं ।’

महतोका अनुसार सत्ता सहकार्यबारे रणनीति बनाउन आज २ बजे जसपाका शीर्षस्थ नेताबीच छलफल हुन लागेको छ । जसपा संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईको निवासमा पाँच नेताबीच छलफल हुने उनले बताए । उक्त छलफलबाट पार्टी जोगाउन तटस्थ बस्ने बाटोमा सहमति जुटाउने महतोको भनाइ छ ।

देउवासँग के–के भयो कुराकानी ?

महतोका अनुसार देउवाले अहिले तटस्थ बसे पनि वैकल्पिक सरकार निर्माणमा साथ दिन आग्रह गरेका थिए । महतो र ठाकुरले सत्ता समीकरण आफ्नो अहिलेको एजेण्डा नभएको जवाफ दिएका थिए ।

महतोले भने, ‘जसपाको एजेण्डा केपी ओलीको सरकार होस् वा देउवाको सरकार होस् या प्रचण्डको सत्ता होस् । सत्ता हाम्रो एजेण्डा होइन । सत्ताको कुरा गर्नु पार्टीलाई अप्ठ्यारो पार्नु हो ।’

कुनै पनि सत्ताको कुरा गर्दा पार्टी एकतालाई धक्का पुग्ने महतोको भनाइ छ । पार्टी एकता जोगाउन सत्ताको कुरा गर्ने उचित नहुने उनले जन  न्युज नेपाल खबरलाई जानकारी दिए ।

जसपा सत्ता समीकरणको खेलमा नफस्ने पनि महतोको भनाइ छ । सत्ताको लोभमा  कसैले पनि पार्टी फुटाउन नमिल्ने उनले बताए । उनले भने, ‘सत्ताको लोभमा पार्टी फुटाउनु अपराध हो । कसैले पनि कुनै पनि सत्ताका लागि पार्टी विभाजनमा जानुहुँदैन भन्ने हाम्रा कार्यकर्ताको मानसिकता हो ।’

काँग्रेस सभापति देउवाले पनि आफू सत्तामा जान जसपा विभाजन गराउने खेलमा नलाग्ने बचन दिएको महतोले बताए । ‘तपाईंहरुको पार्टी फुटाएर म सत्तामा जाने काम गर्दिनँ । मबाट तपाईंको पार्टी फुटाउने कुनै पनि काम हुँदैन भनेर विश्वास दिलाउनुभयो,’ महतोले भने ।

जसपा फुटाउन कुनै पनि हालतमा नहुने देउवाले विश्वास व्यक्त गर्नुलाई आफूहरुले सकारात्मकरुपमा लिएको महतोले बताए । आफूहरुले सत्ता समीकरणको खेल आफूहरुको नभएको बताएपछि देउवाले उक्त कुरा राखेको महताेले सुनाए ।

‘सिंगो जसपा सत्ता सहकार्यमा आएमात्र जसपासँग सहकार्य हुन्छ । जसपालाई फुटाएर सत्ता सहकार्यमा सामेल गराउँदिन भनेर विश्वास दिलाउनुभयो,’ उनले भने ।

गणित मिलाएर अगाडि बढ्दा भोलि धोका हुन सक्छ भनेर आफूहरुले सुझाव दिएको महतोले बताए । किर्ते गणितका आधारमा अगाडि नबढ्ने पनि महतोले बताए ।

सिंगो जसपाको साथबिना अगाडि नबढ्ने पनि देउवाले विश्वास दिलाएको महतोको भनाइ छ । देउवासँगको छलफल अत्यन्त सकारात्मक भएको उनले बताए । महतोका अनुसार देउवाले अविश्वासको प्रस्ताव दर्ता हुने तर पासै नहुने कच्चा खेल आफूले नखेल्ने बताएका थिए ।

महतोले जन  न्युज नेपाल खबरलाई भने, ‘काँग्रेस एउटा लोकतान्त्रिक पार्टी हो । देउवाजीले पनि लोकतान्त्रिक चरित्र दर्साएर कुरा गर्नुभयो ।  एक पार्टी अर्को पार्टीविरुद्धमा कुनै पनि काम गर्नुहुँदैन भन्ने उहाँको तर्क थियो ।’

आजको छलफल काँग्रेससँग सत्ता सहकार्यको सम्भावना बढाएको हो भन्ने प्रश्नमा उनले भने, ‘सत्ता सहकार्यमा तत्काल सामेल नभए पनि लोकतान्त्रिक मूल्य मान्यताका लागि हामीहरूसँगै आज पनि छौं, भोलि पनि रहने छौं । सत्ताको खेलमा लाग्ने हाम्रो म्यान्डेट होइन ।’

चुनावी सरकार निर्माणका सन्दर्भमा कुरा हुँदा सहयोग गर्न सकिने महतोको भनाइ छ । ‘चुनावी सरकार बनाउने कुरामा सहयोग गर्ने कुरा होला । तर, अहिले हामीलाई अप्ठ्यारो छ,’ उनले भने ।

महन्थले भने– जसपाले निर्णय गरेको छैन

जसपा अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने–नदिनेबारे कुनै पनि औपचारिक निर्णय नगरेको देउवालाई बताए । राजेन्द्र महतोसँगै बूढानीलकण्ठ पुगेका ठाकुरले देउवासँग विश्वासको मतबारे काँग्रेसको आधिकारिक धारणाबारे प्रश्न गरेका थिए । जवाफमा देउवाले आफ्नो पार्टीले प्रधानमन्त्री ओलीको विपक्षमा मत हाल्ने यसअघि नै निर्णय गरिसकेको ठाकुरलाई बताए ।

त्यसपछि ठाकुरले विश्वासको मतबारे आफ्नो पार्टीले कुनै निर्णय गरिनसकेको र सम्भवतः आज यसबारे औपचारिक निर्णय गर्ने देउवालाई जानकारी दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४