Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

देशभर ८ हजार ४१८ जना नयाँ कोरोना संक्रमित थपिए, ५३ को मृत्यु !


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, बैशाख २५ २०७८
  • 4.1K
    SHARES

काठमाडौं  / नेपालमा पछिल्लो समय दिनप्रति दिन कोरोना संक्रमितहरू तीब्र रुपमा बढिरहेका छन् । मुलुकभर पछिल्लो २४ घण्टामा ८ हजार ४१८ जना नयाँ कोरोना संक्रमित फेला परेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मुलुकभर १८ हजार ३०४ जनाको पीसीर/एन्टिजेन परीक्षण ८ हजार ४१८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

१७ हजार ३१५ जनाको आरटी–पीसीआर परीक्षण गर्दा ८ हजार २८७ जना र ९ सय ८९ जनाको एन्टिजेन परीक्षण गर्दा १ सय ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा मुलुकभर ८ हजार ४१८ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ३ लाख ८५ हजार ८९० पुगेको छ ।

पछिल्लो २४ घण्टामा ३ हजार ३७० संक्रमित निको भए, ५३ को मृत्यु

कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ३ हजार ३७० जना निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट ३ हजार ३७० जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या २ लाख ९८ हजार ७६५ पुगेको छ ।

यसैगरी क्वारेन्टाइनमा रहनेको संख्या ३ सय ९८ रहेको छ । पछिल्लो २४ घण्टामा देशभर १८ हजार ३०४ जनाको पीसीआररएन्टिजेन परीक्षण हुँदा हालसम्म कुल २६ लाख १५ हजार ७२० जनाको पीसीआर/एन्टिजेन परीक्षण भएको छ ।

यसै गरी पछिल्लो २४ घण्टामा थप ५३ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ६३२ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४