Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

भेन्टिलेटर नपाएर महोत्तरीका कोरोना संक्रमितको मृत्यु


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, बैशाख २५ २०७८
  • 5K
    SHARES

जनकपुरधाम । भेन्टिलेटर नपाउँदा महोत्तरीमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्ला अस्पताल जलेश्वरमा थन्काएर राखिएको भेन्टिलेटर जडान नहुँदा अक्सिजनको सपोर्टमा उपचार गराइरहेका महोत्तरी गाउँपालिका–४ का ४२ वर्षीय पुरुषको मृत्यु भएको हो ।

सर्लाहीको धनकौल गाउँपालिकाको शिक्षा संयोजक पदमा कार्यरत ती पुरुषलाई भेन्टिलेटरको आवश्यकता परेपछि जलेश्वर अस्पतालले शुक्रबार प्रादेशिक अस्पताल जनकपुरधाम रेफर गरेपछि त्यहाँ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

‘यहाँ भेन्टिलेटर छ, तर जनशक्ति नभएर सञ्चालन गर्न नसक्दा ती संक्रमितलाई यो सेवा उपलब्ध गराउन सकिएन,’ जलेश्वर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सतिशकुमार साहले भने, ‘त्यही भएर यहाँबाट उनलाई बाहिर पठाउनुपरेको हो ।’

आफ्नै घरमा रहेको बखत बिरामी भएका मृतकलाई बिहीबार सास लिन कठिनाइ भएपछि जलेश्वर आस्पतालमा भर्ना गरिएको थियो । भर्ना भएकै समयदेखि अक्सिजनको सपोर्ट दिइएका उनको स्वाब संकलन गरी परीक्षण गर्दा शुक्रबार रिपोर्ट पोजेटिभ देखिएको थियो ।

शुक्रबार राति अवस्था जटिल बन्दै जाँदा तत्कालै भेन्टिलेटरको आवश्यकता देखिएकोमा उपलब्ध नहुँदा मृत्यु भएको मृतकका परिवारजनले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४