Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

जेठ २ मा फर्किने कि नफर्किने ? कुन स्थायी कमिटीलाई मान्ने ?


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, बैशाख २४ २०७८
  • 5.6K
    SHARES

काठमाडौं । सत्तारुढ नेकपा एमालेका दोस्रो तहका नेताहरुले सहमतिका सम्भावित विकल्पहरुबारे छलफल सुरु गरेका छन् । अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल आ-आफ्नो अडानमा रहेका बेला दुबै पक्षका दोस्रो तहका नेताहरुले भने सहमतिका आधारहरु खोजी गर्न थालेका हुन् ।

शुक्रबार दुबै पक्षका तीन-तीन नेताले करिव २ घण्टा बालुवाटारमा वार्ता गरेका छन् । दुबै पक्ष आफ्नो अडानमा केही लचिलो देखिएका छन् तर, जेठ २ २०७५ मा फर्किनुपर्ने नेपाल समूहको अडानमा ओली पक्ष सहमत भइसकेको छैन ।

वार्तामा ओली पक्षबाट सुवास नेम्वाङ, विष्णु पौडेल र विष्णु रिमाल तथा नेपाल पक्षबाट घनश्याम भुसाल, योगेश भट्टराई र गोकर्ण विष्ट सहभागी भएका थिए । वार्तामा सहभागी एक नेताका अनुसार पार्टी एकता जोगाउनुपर्छ भन्नेमा दुबै पक्ष सहमत छ । कसरी बचाउने भन्दा नेपाल पक्षले सर्वोच्च अदालतको २३ फागुनको फैसलाअनुसार २ जेठमा फर्किनुपर्ने पुरानै अडान राखेको छ । ‘उहाँहरुले हुँदैन पनि भन्नु भएको छैन, मान्नु पनि भएको छैन’ एक नेता भन्छन् ।

छलफलका क्रममा ओली पक्षका नेताहरले पहिलोको स्थायी कमिटी बैठक बस्ने प्रस्ताव गरेका छन् । नेपाल पक्षका नेताहरुले पहिलो स्थायी कमिटी भनेको कुन हो ? भनेर सोधेका थिए । उनीहरुको प्रश्न छ, नेकपा एमालेको नबौं महाधिवेशनबाट निर्वाचित कि साकिबको नेपाल कम्युनिस्ट पार्टीको नेकपाको स्थायी कमिटी ?

माओवादी केन्द्रसँग एकता गरेर नेकपा बनाउँदा एमालेको तर्फबाट नबौं महाधिवेशनबाट निर्वाचित स्थायी कमिटीमा चार जना थपिएका छन् । नेकपाको स्थायी कमिटीमा रहेका माओवादी केन्द्रका चार नेता रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, मणि थापा र लेखराज भट्ट पनि अहिले एमालेमा नै छन् । वार्तामा सहभागी नेपाल समूहका एक नेता भन्छन्, ‘नबौं महाधिवेशनबाट निर्वाचित पदाधिकारी सहितको स्थायी कमिटी भन्दा बादलजीहरुलाई पनि समावेश गरौं भन्दा हामीले हुँदैन भन्न सक्दैनौं ।’

तर त्यसका लागि पनि २ जेठ २०७५ मा फर्किनुपर्ने माधव नेपाल समूहका नेताहरुको अडान छ ।

वार्ताका क्रममा २८ फागुन र त्यसयता ओली पक्षले गरेको निर्णयहरु के गर्ने भन्ने पनि छलफल भएको थियो । साबिकको नेकपा दुई समूहमा विभाजित हुँदा ओलीले केन्द्रदेखि जिल्लासम्म आफ्नो अनुकुल कमिटीहरु बनाएका थिए । एमाले पुनजिर्वित भएपछि पनि उनले नबौं महाधिवेशनबाट निर्वाचन नेपाल समूहका नेताहरुलाई हटाएर आफूले बनाएको कमिटीलाई मान्यता दिएका छन् ।

यसमा कार्यदल बनाउने प्रस्ताव आएको र त्यसलाई अन्यता मान्न नसकिने एक नेताले बताए । नेपाल समूहका अर्का नेता भन्छन्, ‘स्थायी कमिटीमा बादलहरुलाई थप्ने कि नथप्ने जस्ता प्राविधिक विषयहरुमा सहमति गरेर जान सकिन्छ, मुल प्रश्न सैद्धान्तिक रुपमा २ जेटमा फर्किने हो कि होइन भन्ने नै छ ।’ उनका अनुसार शुक्रबार भएको छलफलबारे दुबै पक्षले आआफ्नेा समूहका नेतालाई जानकारी गराउनेछन् र आपसी सहमतिका आधारमा फेरि सम्वाद हुनसक्छ । बालुवाटार बैठकमा सहभागी माधव समूहका नेता योगेश भट्टराईले भने सम्वाद सुरु भएको प्रतिक्रिया दिए । ‘एकताको भावना दुबैतिर देखिएको छ, तर त्यसले ठोस आकार दिएको छैन’ उनले भनेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४