Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मुलुकभर पछिल्लो २४ घण्टामा हालसम्मकै उच्च संक्रमण ९१९६ जनामा संक्रमण पुष्टि , ५० जनाको मृत्यु !


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, बैशाख २४ २०७८
  • 3.7K
    SHARES

काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना ९ हजार १९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार ९८७ पीसीआर परीक्षणमा ९ हजार २३ र ४९५ एन्टिजेन परीक्षणमा ७३ जना गरी ९ हजार १९६ जनामा संक्रमण पुष्टि भएको हो । कोरोना भाइरस संक्रमणका कारण पछिल्लो २४ घण्टामा ५० जनाको मृत्यु भएको छ, त्यस्तै २ हजार ९०५ जनामा संक्रमणमुक्त भएका छन् ।

शुक्रबारसम्म नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमित संख्या ७८ हजार ६२९ पुगेको छ । जसमध्ये ७२ हजार ७६९ जना होम आइसोलेसनमा छन् भने ५ हजार ८६० जना संस्थागत आइसोलेसनमा छन् ।

त्यस्तै आईसीयूमा ७२८ जना र २३१ जना भेन्टिलेटरमा उपचाररत छन् ।

कोरोना भाइरस संक्रमणबाट शुक्रबारसम्म ३५७९ जनाको मृत्यु भएको छ ।  त्यस्तै हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ९५ हजार ३९५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या ४ हजार नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ४ हजार एक सयजनामा कोरोना संक्रमण पुष्टि भएको छ, जसमध्‍ये ३०८९ काठमाडौँका, ३७४ भक्तपुरका  र ६४३ ललितपुरका रहेका छन् ।

यस्तै काठमाडौँमा २५ हजार ९४० जना सक्रिय संक्रमित छन्। यससँगै काठमाडौँमा कोरोना संक्रमितको कुल संख्या १ लाख ३९ हजार ५५६ पुगेको छ।

यस्तै भक्तपुरमा ३ हजार २५२ जना सक्रिय संक्रमित छन् । यससँगै भक्तपुरमा कोरोना संक्रमितको कुल संख्या १३ हजार २४५ पुगेको छ ।

यस्तै ललितपुरमा ५ हजार ४२९ सक्रिय संक्रमित छन् । योसँगै ललितपुरमा सक्रिय संक्रमितको संख्या २३ हजार २ सय ९६ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४