Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

खोप प्रकरणबारे गगन भन्छन् – प्रधानमन्त्री ओली आफैं संलग्न हुनुभयो


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, बैशाख २४ २०७८
  • 3.2K
    SHARES

काठमाडौं। नेपाली कांग्रेसका नेता एवं पुर्व स्वास्थ्यमन्त्री गगनकुमार थापाले कोरोना भाइरसविरुद्दको खोप प्रकरणमा प्रधानमन्त्री केपी शर्माओली आफैं संलग्न भएको आरोप लगाएका छन्।

पछिल्लो समय कमिसनमा कुरा नमिल्दा प्रधानमन्त्री ओली निकट मानिने व्यापारीहरुले खोप नल्याउदा त्यसको जिम्मा प्रधानमन्त्री ओलीले भन्दै आलोचना भइरहेको बेला पूर्वमन्त्री थापाले यस्तो आरोप लगाएका हुन्।

शुक्रबार सामाजिक सञ्जाल ट्वीटरमार्फत नेता थापाले खोप प्रकरणमा भएको अनियमितता मात्र नभइ अपराध भएको र त्यो प्रधानमन्त्री ओलीलाई थाहा भएको उल्लेख गरेका छन्।

तर, प्रधानमन्त्री ओलीले त्यसलाई नरोकेको र आफैं संलग्न भएको आरोप लगाउदै थापाले आरोपितलाई नै खोप प्रकरणबारे छानबिन गर भन्नुको केही अर्थ नभएको उल्लेख गर्दै भनेका छन्,‘ संसदले यो अपराधको जरासम्म पुगेर छानबिन गर्ने दायित्व पुरा गर्नुपर्छ।’

उनले लेखेका छन्, ‘खोप प्रकरणमा सार्वजनिक तथ्यले प्रस्ट पार्छ-जे भयो त्यो अनियमितता मात्र होइन,अपराध हो र त्यो सव प्रधानमन्त्रीज्यूलाई थाहा थियो तर,रोक्नुभएन अर्थात् आफै संलग्न हुनुभयो। जो आरोपित छ उनैलाई छानबिन गर भन्नुको केही अर्थ छैन । संसदले यो अपराधको जरासम्म पुगेर छानबिन गर्ने दायित्व पुरा गर्नुपर्छ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४