Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पसलमा काम गर्न राखेको युवतीलाई सिन्दुर हाले, ४ महिनाकी गर्भवती संगीतालाई के भयो होला ?


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, बैशाख २३ २०७८
  • 4.4K
    SHARES

काठमाडौ । बर्दियाकी यि महिला आफ्नो ४ महिनाको गर्भवती रहेकी छोरीलाई ज्वाईले वेपत्ता बनाएपछि रुँदै मिडियाको सहयोग माग्न आएकी छन् । काठमाडौ लोकदोहोरीमा काम गर्ने संगिता सुनारलाई एक जना युवकले एउटा कष्मेटिक पसलमा काम गर म महिनाको ८ हजार रुपैया दिन्छु र दिनको एक सय रुपैया पनि दिन्छु भनेर पसलमा राखे । संगीताको साथी पनि सोही पसलमा काम सुरु गरेकी थिइन् ।

कालिमाटीको राहुल गुप्ताले यस्तो भनेपछि साथीसंग संगीताले पसलमा काम गर्न थालेकी थिइन् । तर साथीलाई एक महिना पछि कामवाट निकालिदिए । तर संगीतालाई भने म तिमीलाई मन पराउँछु विवाह गर्छु भनेर भन्न थाले । संगीताले आमालाई राहुलले म संग विवाह गर्छु भनेको छ भनेर सुनाइन् । तर आमाले अनुमति दिइनन् । तर छोरीले आफै विवाह गरिन् । आमाले फेसवुकमा फोटो देखेर थाहा पाइन् ।

छोरीले गल्ती गरीहाली भनेर स्वीकार गरीन् । ज्वाईको बारेमा उनलाई केही थाहा थिएन । आमाबुवा सानैमा बितेका हुन् म एक्लैछु । अरुले नै मलाई पालेको हो भनेर ज्वाईले सुनाएका थिए । सोह्रखुट्टेमा पसल थियो उनीहरुले गंगबु पसल सार्न लागेका छौं एक लाख रुपैया पठाइदिनु भनेर फोन गरे । उनले आफ्नो नन्दको देउरानीसंग मागेर एक लाख रुपैया पठाइदिइन् । एक महिनाको लागि भन्दै दिएको एक लाख रुपैया उनीहरुले फिर्ता पनि गरेनन् ।

नन्दको देउरानीले आफ्नो सुन राखेर निकालेको एक लाख रुपैया थुप्रै महिना नहुँदा पनि उनीहरुले तिरेनन् । एक्कासी छोरी ज्वाई कपडा बोकेर बर्दिया आएपछि आमा छक्क परिन् । जो संग ऋण मागेकी थिइन् उनीहरु दिनहुँ पैसा लिन धाउन थाले । उनले छोरी ज्वाईलाई पैसा तिर भनेर भनिन् । त्यसपछि ज्वाईले म काठमाडौ गएर पसल बेच्छु अनि तिर्छु भनेर काठमाडौ जान खोजे ।

आमाले नै काठमाडौ फर्कने पैसा ऋण खोजेर छोरी ज्वाईलाई काठमाडौ पठाइन् । छोरी ४ महिनाको गर्भवती छन् तर त्यसरी पसल बेचेर ऋण तिर्न भन्दै काठमाडौ फर्किएका छोरी ज्वाई सम्पर्कमा छैनन् । आमाले बरु ज्वाईले जे सुकै गरुन् तर आफ्नो छोरी चाहियो भन्दै आमा रुँदै मिडियामा आएकी छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४