Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

देशभर एकै दिन ९०७० जनामा संक्रमण,५४ जनाको मृत्यु २७०७ संक्रमणमुक्त भए !


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, बैशाख २३ २०७८
  • 2.3K
    SHARES

 काठमाडौं । पछिल्लो २४ घण्टामा ९०७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ३६७ पीसीआर परीक्षणमा ८९७० र ७७५ एन्टिजेन परीक्षणमा १०० जना गरी ९०७० जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ५४ जनाको मृत्यु भएको छ भने २७०७ जना संक्रमणमुक्त भएका छन् ।

बिहीबारसम्म कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ७२ हजार ५६१ रहेको छ ।

जसमध्ये ६७ हजार २४६ जना होम आइसोलेसनमा र ५३१५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । त्यस्तै ६५२ जनाको आईसीयूमा र २०१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

कुन जिल्लामा कति संक्रमित थपिए ?

यस्तै सबैभन्‍दा बढी काठमाडौँमा ३ हजार १६३, रुपन्देहीमा १ हजार ६९, ललितपुरमा ५६७, बाँकेमा ३९८, कास्कीमा ३७५, मोरङमा २५५ जना कोरोना संक्रमित थपिएका छन् ।

यस्तै दाङमा २४६, भक्तपुरमा २४२, सुर्खेत २०६, नवलपरासी पश्चिममा १६०, झापामा १५३, धनुषामा १४०, सुनसरी १३३, मकवानपुरमा १२६, कैलालीमा ११५, पर्सामा १०४, चितवन र पाल्पामा ८६/ ८६ जनामा कोरोना संक्रमण थपिएका छन् ।

धादिङमा ८३, गोरखामा ७४, अर्घाखाँचीमा ७३, अछाम ५९, महोत्तरीमा ५५, काभ्रेपलाञ्चोकमा ५२, कपिलवस्तु ५०, नुवाकोट र डडेल्धुरामा ४९/४९ जना, रसुवा र तनहुँमा ४४/४४ जना, बारा र दैलेखमा ४३/४३ जना, बर्दियामा ४२/४२ जना, सिरहामा ४०/४० जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यसैगरी रौतहटमा ३९, दोलखामा ३६, लम्जुङ ३४, म्याग्दीमा ३२, डोटीमा ३१, बैतडीमा ३०, सर्लाहीमा २८, सप्तरी र स्याङ्जामा २४/२४ जना, कञ्‍चनपुरमा २२, गुल्मीमा १९, संखुवासभामा १८, रामेछापमा १६, इलाममा १४, पर्वतमा १३, वागलुङमा १२, प्‍युठानमा ११, रोल्पा र जुम्लामा १०/१० जना कोरोना संक्रमित थपिएका छन् ।

यस्तै उदयपुर र सिन्धुलीमा ९/९ जना, जाजरकोटमा ८, ओखलढुंगामा ७, धनकुटा, भोजपुर र कालिकोटमा ५/५ जना, पाँचथर, सोलुखुम्बु र हुम्लामा ४/४ जना कोरोना संक्रमित थपिएका छन् ।

यस्तै तेह्रथुम,सल्यान र दार्चुलामा ३/३ जना, खोटाङ र बझाङमा २/२ जना तथा नवलपरासी पूर्व, मुस्ताङ, रूकुम पूर्व र रूकुम पश्चिममा १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार ९ वर्ष मुनिका २२९ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने १० देखि १९ वर्ष उमेर समूहका ५८८ जना कोरोना संक्रमित भेटिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४