Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पत्रकार महासंघ उपत्यका प्रदेशको कोभिड राहत कोषमा रकम जम्मा हुन थाल्यो


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, बैशाख २३ २०७८
  • 4.7K
    SHARES

नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिले स्थापना गरेको  ‘उपत्यका प्रदेश कोभिड राहत कोष’मा  रकम जम्मा हुन थालेको छ । कोडिभ–१९ महामारीले प्रदेश अन्तर्गतका पत्रकार तथा सञ्चारकर्मीमा पारेको प्रभावको विश्लेषण, कोभिड संक्रमित पत्रकारलाई राहत तथा उपचारको समन्वय  गर्न सो राहत कोष बनाइएको थियो । 

कोषमा हालसम्म रु  १ लाख १८ हजार रुपैयाँ जम्मा भएको महासंघ उपत्यका प्रदेशका कोषाध्यक्ष तथा राहत कोषका संयोजक अर्जुन पन्तले जानकारी दिए । 

उनका अनुसार कोषमा अध्यक्ष  श्रीजन झाले ५ हजार रुपैयाँ सहयोग गरेका छन् भने उपाध्यक्ष वीरबहादुर लामाले १० हजार, महासचिव टेनिस रोकाले  ५ हजार  सचिव रोशनराज पाण्डेले १० हजार सहयोग गरेका छन् । कोषाध्यक्ष तथा कोषका संयोजक पन्तले ५ हजार रुपैयाँ सहयोग गरेका छन् भने कार्यसमिति सदस्य अर्जुन बहादुर तामाङले ५ हजार सहयोग गरेका छन् ।  

यसैगरी कोषमा काठमाडौ अध्यक्ष सूर्य सुवेदीले १० हजार र केटीएम दैनिकी सम्पादक निशा ओलीले ५ हजार रुपैयाँका साथै काठमाडौ कार्यसमिति सदस्य शैलेश डंगोलले ३ हजार रुपैयाँ सहयोग गरेका छन् । 

प्रदेश समितिको बैठकको निर्णयअनुसार कोषमा जम्मा हुने रकम मापदण्ड बनाएर संक्रमण भइ अस्पताल भर्ना भएका कोभिड संक्रमित श्रमजीवी पत्रकारहरुलाई उपलब्ध गराइने संयोजक  पन्तले बताए । 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४