Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कोशी कोभिड–१९ उपचार केन्द्र र नोवेल शिक्षण अस्पतालमा गर्भवती महिलासहित ४ संक्रमितको मृत्यु


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, बैशाख २३ २०७८
  • 7.6K
    SHARES

विराटनगर । कोरोना संक्रमणका कारण विहीवार विहान विराटनगरस्थित कोशी कोभिड–१९ उपचार केन्द्रमा तीन जनाको मृत्यु भएको छ भने नोवेल शिक्षण अस्पतालमा बुधबार राति एक जना गर्भवती महिलाको संक्रमणका कारण मृत्यु भएको छ ।

विराटनगर–५ की ३५ वर्षीया ८ महिनाकी गर्भवती महिलाको संक्रमणका कारण नोबेल मेडिकल कलेजमा मृत्यु भएको अस्पतालले जनाएको छ । सार्सफेर्न समया भएर दिउसो अस्पताल लगिएको उनको उपचारको क्रममा राति मृत्यु भएको अस्पतालले जनाएको छ ।

 

यसैगरी मोरङको जहदा गाँउपालिका–५ का २५ वर्षीय पुरुष, विराटनगर महानगरपालिका–१० का ५७ वर्षीय पुरुष र सुनसरी जिल्ला कोशी गाँउपालिका–४ का ६५ वर्षीय पुरुषकोे २३ गते विहान कोभिड १९ उपचार केन्द विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।

२५ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएपछि १९ गते उपचार केन्द्रमा भर्ना गरिएको थियो । उनलाई सार्सफेर्न समस्या हुनुका साथै अक्सिजनको लेवल कम भएको कारण उपचारमा समस्या आएको थियो ।

२२ गते सिकिस्त अवस्थामा अस्पताल ल्याइएको अन्य दुई संक्रमितको पनि अक्सिजनको मात्रा कम भएको र निमोनिया भएका कारण मृत्यु भएको सो उपचार केन्द्रले जनाएको छ ।

अस्पताल ल्याउदा नै उनीहरुको अवस्था नाजुक भएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । कोभिड–१९ उपचार केन्द्रमा समस्या भएका संक्रमितलाई मात्र भर्ना लिइने गरिएको छ ।

हाल सो उपचार केन्द्रमा ५० जना क्रिटिकल विरामीहरुको उपचार भइरहेको छ । त्यस्तै, ३ जनाको भेन्टिलेलरमा उपचार भइरहेको छ भने अन्यको आईसीयूमा उपचार भइरहेको उपचार केन्द्र व्यवस्थापकले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४