Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

टिकटकमा नयाँ सिइओ नियुक्त


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, बैशाख २२ २०७८
  • 4.3K
    SHARES

काठमाडौँ । लोकप्रिय सोसल मिडिया प्लाटफर्म टिकटकले नयाँ प्रमुख कार्यकारी नियुक्त गरेको छ । अमेरिकी प्रतिबन्धको धम्कीसँगै तत्कालीन प्रमुख कार्यकारीले राजीनामा दिएको ८ महिनापछि टिकटकले नयाँ स्थायी प्रमुख कार्यकारी नियुक्त गरेको हो ।

टिकटकका अनुसार नयाँ नियुक्त भएका सिइओको नाम शोउजी चेउ हो । उनी टिकटकको मातृ कम्पनी बाइटडान्समा केही महिना अगाडि प्रमुख वित्तीय अधिकृतको रुपमा प्रवेश गरेका थिए । शोउजीसँग यसअघि चिनिया स्मार्टफोन कम्पनी शाओमीको उच्च कार्यकारी तहमा रहेर काम गरेको अनुभव छ ।

शोउजी सिइओ नियुक्त भएसँगै कम्पनीमा अन्तरिम प्रमुखको भूमिकामा रहेकी भ्यानेसा पाप्पाजलाई टिकटकको प्रमुख कार्यसञ्चालन अधिकृत अर्थात् सिओओको जिम्मेवारी दिइएको छ । एक विज्ञप्तिमा बाइटडान्सका सिइओ यिमिंग झांगले भनेका छन् : चेउ र भ्यानेस्साको नेतृत्वले दिगो वृद्धिको मार्ग प्रस्तस्त गर्नेछ ।

चेउसँग टिकटक कम्पनी तथा प्रविधि उद्योगको बारेमा गहन ज्ञान रहेको र कम्पनीकै सुरुवाती लगानीकर्ताको टोलीलाई हाँकेको र प्रविधि क्षेत्रमा एक दशकसम्म काम गरेको अनुभव रहेको भन्दै झांगले उनले कम्पनीमा गहना थप्नुका साथै कर्पोरेट गभर्नेन्स र दीर्घकालीन व्यवसायिक प्रयासहरुमा ध्यान केन्द्रित गर्ने बताएका छन् ।

टिकटकका नव नियुक्त प्रमुख कार्यकारी चेउ सिंगापुरका हुन् । उनी सिंगापुरस्थित टिकटक कार्यालयबाट काम गर्नेछन् । यसबाट टिकटकलाई अमेरिकी सिइओ नै आवश्यक हुन्छ भन्ने मान्यता पनि खण्डित भएको बताइएको छ ।

गत वर्ष टिकटकले डिज्नी कम्पनीका पूर्व व्यवस्थापक केभिन मायरलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको थियो । तर उनले राजनीतिक वातावरणमा ठूलो परिवर्तन आएको भन्दै ३ महिनामै राजिनामा दिएका थिए । मायरको राजिनामा पछि टिकटकले आफ्नो अमेरिकास्थित शाखा प्रमुख पाप्पाजलाई अन्तरिम सिइओमा बढुवा गरेको थियो ।

टिकटक अमेरिकामा निकै लोकप्रिय छ, जहाँ टिकटकका १० करोड भन्दा धेरै प्रयोगकर्ता छन् ती मध्ये ६० प्रतिशत भन्दा बढि १० देखि २९ वर्षका छन् ।

विश्वमा सर्वाधिक लोकप्रिय एपको रुपमा रहेको टिकटकका मासिक सक्रिय प्रयोगकर्ताको संख्या ६८ करोड ९० लाख छ । टिकटक एप अहिलेसम्म २ अर्ब पटक डाउनलोड भइसकेको छ । एप स्टोरमा समेत सर्वाधिक डाउनलोड हुने एपको रुपमा टिकटक रहेको छ ।

तथापि अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकमाथि प्रतिबन्ध लगाउने घोषणा गरेसँगै अमेरिकामा टिकटकको भविष्य अनिश्चित बनेको थियो । तर जो बाइडेन राष्ट्रपति बनेसँगै टिकटकमाथिको संकट टरेको विश्लेषण गरिएको छ । गत फेब्रुअरीमा बाइडेनले अमेरिकी संघीय अदालतलाई टिकटकमाथि प्रतिबन्ध लगाउने ट्रम्पकालीन आदेश रोक्का गर्न आग्रह गरेका थिए ।

टिकटकले अमेरिकी प्रयोगकर्ताका डाटाहरु चीन सरकारलाई उपलब्ध गराउने गरेको आरोप ट्रम्प प्रशासनको थियो । तर टिकटकको मातृ कम्पनी बाइटडान्सले भने अमेरिकी टिकटक प्रयोगकर्ताका सबै डाटाहरु सिंगापुरस्थित अमेरिकी सर्भरमै सुरक्षित राखिएको र प्रयोगकर्ताका डाटा कुनैपनि सरकारलाई नदिने बताएको थियो । सिएनएनबाट

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४