Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एमालेका ६ सांसद संक्रमित, ओलीलाई विश्वासको मत दिन पाउलान् ?


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, बैशाख २१ २०७८
  • 2.3K
    SHARES

काठमाडौं । वरिष्ठ नेता झलनाथ खनालसहित नेकपा एमालेका ६ जना सांसद् कोरोना संक्रमित भएका छन् । नेता खनालको उपचार नर्भिक अस्पतालमा भइरहेको छ ।

संक्रमित हुनेमा दुई जना संघीय सरकारकै मन्त्री छन् । पर्यटन मन्त्री भानुभक्त ढकाल र महिला, बालबालिका तथा समाज कल्याण मन्त्री जुली महतोलाई कोरोना संक्रमण भएको छ । तीन दिन अगाडि मन्त्रीहरू ढकाल र महेतोलाई संक्रमण पुष्टि भएको हो ।

पूर्वमन्त्री रघुवीर महासेठलाई पनि संक्रमण भएको छ । एमालेका प्रमुख सचेतक विशाल भट्टराईका अनुसार विमला विक र सरिता न्यौपानेलाई पनि कोरोना संक्रमण भएपछि उपचारत छन् ।

खनालबाहेक बाँकी पाँचै जना अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली निकट सांसद हुन् । प्रधानमन्त्रीले विश्वासको मत लिने भएपछि २७ वैशाखमा प्रतिनिधिसभाको विशेष अधिवेशन बोलाइएको छ ।

विशेष अधिवेशनको समय नजिकिए पनि संक्रमित सांसदको संख्या थपिदै गएपछि संसद् सचिवालय र स्वयं एमाले पनि अन्योलमा परेको छ । संक्रमित सांसदले विश्वासको मत लिने बैठकमा भाग लिने पाउने र मतदानमा सामेल गराउनेबारे अन्योल देखिएको हो ।

सभामुख अग्निप्रसाद सापकोटा र संसद् सचिवालयले यसबारे निर्णय लिन सोमवार चिकित्सकहरुको सुझाव लिएको छ । तर यसबारे कुनै निर्णय लिइएको छैन ।

चिकित्सकको सुझावका आधारमा कार्यव्यवस्था परामर्श समितिको बैठकमा राखेर दलहरुको सुझाव लिएपछि यसबारे निर्णय लिने सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले बताए ।

संक्रमित सांसदलाई कसरी सहभागी गराउनेबारे छलफल चलिरहेको संघीय संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले बताए । ‘विशेष व्यवस्था गरेर भएपनि प्रधानमन्त्रीले विश्वासको मत लिँदा सांसदले मत हाल्ने व्यवस्था मिलाउनुपर्ने हुन्छ । त्यसका लागि छलफल चलिरहेको छ’, पाण्डेले भने ।

तर निर्णय चाहिँ भइसकेको छैन । बरू बुधवार सांसदहरुलाई कोरोना परीक्षणका लागि बोलाइएको छ । संसद् बैठक २७ वैशाख दिउँसो १ बजे बस्दैछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४