Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

काठमाडौंमा निषेधाज्ञा लम्ब्याइयो, सञ्चारकर्मीलाई सूचना विभागको कार्ड अनिवार्य(निर्णय)सहित


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, बैशाख २१ २०७८
  • 7K
    SHARES

काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा लम्बिएको छ । निषेधाज्ञा वैशाख २९ गतेसम्म लम्ब्याइएको हो ।

मंगलबार बसेको काठमाडौं र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको छलफलपछि निषेधाज्ञा लम्ब्याइएको काठमाडौंका प्रजिअ कालीप्रसाद पराजुलीले जानकारी दिनुभयो ।

वैशाख १६ गतेदेखि लगाइएको निषेधाज्ञा बुधबार सकिँदै गर्दा एक हप्ता थपिएको हो । साथै निषेधाज्ञालाई थप व्यवस्थित र कडाइसमेत गरिएको छ । त्यसैगरी सञ्चारगृहमा बढीमा ४० प्रतिशत कर्मचारी राखेर मात्र काम गर्न भनिएको छ । साथै सूचना विभागले वितरण गर्ने पासको प्रयोग अनिवार्य गरिएको छ ।

स्थानीय प्रशासन ऐन २०२८ अनुसार परिस्थिति अनुसार प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा लगाउन सक्ने प्रावधान छ । यसैबीच ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलालाई कोरोना संक्रमण पुष्टि भएको छ । उहाँ अहिले आइसोलेशनमा रहनु भएको छ ।

यता देशका ४८ जिल्लामा निषेधाज्ञा जारी भएकोे छ । गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालका अनुसार अहिलेसम्म ४८ जिल्लामा निषेधाज्ञा जारी भएकोमध्ये ९ जिल्लामा आंशिक र बाँकीमा पूर्ण निषेधाज्ञा जारी भएको छ ।

काठमाडौंमा निषेधाज्ञा लम्ब्याइयो, सञ्चारकर्मीलाई सूचना विभागको कार्ड अनिवार्य(निर्णय)सहित

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४