Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

भारतबाट दैनिक ४५ सय नेपाली घर फर्किँदै


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, बैशाख २१ २०७८
  • 2.6K
    SHARES

काठमाडौं । दोस्रो लहरको कोरोना भाइरस महामारीको समयमा भारतबाट दैनिक चार हजार ५०० नेपाली स्वदेश फर्किने गरेका छन् ।

भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यका अनुसार पछिल्लो समय दैनिक ४५ सय नेपाली भारतबाट फर्किइरहेका छन् । नेपाल फर्किनेहरुमा सबैभन्दा बढी सुदुरपश्चिमका रहेको पनि उनले जानकारी दिए ।

मंगलबार संसदको महिला तथा सामाजिक समितिसंगको भर्चुअल बैठकमा भाग लिँदै भारतका लागि नेपाली राजदूत आचार्यले भने, ‘तथ्याङ्गत रुपमा हेर्दा अहिले हरेक दिन ४५ सय नेपालीहरु घर फर्किरहेको देख्छौं । सबैभन्दा बढी चाप सुदूरपश्चिमतिर छ ।’

आफूले नेपालीहरुलाई सकभर घर नजान आग्रह गरेको राजदूत आचार्यले बताए । ‘सकभर घर नगइदिनुस् भन्ने आग्रह छ । जाँदै नजानुस् भन्न सक्दैनौं । महामारीमा आफन्त, बाबुआमा, छोराछोरीसंगै रहुँ भन्ने होला । तर, बाटोमै संक्रमण हुन सक्ने सम्भावना रहन्छ नजानुस् भनेर मात्रै आग्रह गर्ने गरेका छौं’ उनले भने ।

आचार्यले भारतमा अहिलेसम्म कोरोना भाइरस संक्रमणबाट २३ जना नेपालीको मृत्यु भएको आधिकारिक तथ्याङ्क रहेको जानकारी दिए । ‘अहिले २३ जनाको निधन भएको तथ्याङ्क हामीसँग छ । तर, यो भन्दा धेरै आक्रान्त भएको अवस्था छ । हामीसँग भएको यो तथ्याङ्क अपुरो छ,’ उनले भने ।

भारतमा संक्रमित भएका नेपालीहरुलाई दूतावासका तर्फबाट अस्पतालमा सम्पर्क गरेर उपचारमा सहजीकरण गर्ने काम भइरहेको पनि राजदूत आचार्यले बताए ।

‘संक्रमति भएका छन्, अस्पताल जान सकेका छैनन् भने अस्पतालमा सम्पर्क गरेर पठाउने, बिरामी अस्पतालमा गइसकेका छन् भने अस्पताललाई नै फोन गरेर सहयोग गरिदिन भनिदिएका छौँ’ उनले भने ।

बैठकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयकी सचिव यामकुमारी खतिवडाले भारतमा रहेका नेपालीले आधारकार्ड नभएको अवस्थामा सेवा सुविधा नपाएको गुनासो आइरहेको बताइन् । आधार कार्डको विकल्पबारे दूतावासले सोच्नुपर्ने उनको भनाइ छ ।

‘आधार कार्ड नहुँदा सेवा सुविधा पाउन नसकिने भन्ने कुरा छ । आधारकार्डको अभावमा के गर्न सकिन्छ भन्ने बारेमा राजदूतावासले सोच्नुपर्ने र सहजीकरण गर्नुपर्ने देखियो’ उनले भनिन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४