Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

जसपाको ठाकुर-महतो पक्षद्वारा हस्ताक्षर संकलन


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, बैशाख २१ २०७८
  • 5.3K
    SHARES

 काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर र राजेन्द्र महतो पक्षले आफ्ना सांसद र कार्यकारिणी समिति सदस्यहरुको हस्ताक्षर संकलन गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने दिन नजिकिंदै गर्दा गरिएको हस्ताक्षर संकलनलाई अर्थपूर्ण ठानिएको छ ।

ठाकुर–महतो पक्षका एक नेताले भने, ‘खाली कागजमा सांसद र कार्यकारिणी समिति सदस्यहरुको छुट्टाछुट्टै हस्ताक्षर संकलन गरिएको छ ।’

जसपाको कार्यकारिणी समिति ५१ सदस्यीय छ । त्यसमध्ये २८ जना उपेन्द्र यादव र डा. बाबुराम भट्टराई पक्षतिर देखिएका सो पार्टीका नेताहरु बताउँछन् । यादव र भट्टराई पक्षले यसअघि नै आफू निकटका नेताहरुको हस्ताक्षर संकलन गरिसकेको छ ।

यसैगरी जसपाका ३४ जना सांसदहरुमध्ये दुईजना निलम्बनमा परेपछि हाल ३२ सांसद छन् ।

सत्ता समीकरणका विषयमा जसपामा दुई धार छ । ठाकुर र महतो एमाले अध्यक्ष केपी शर्मा ओलीसँग नजिकिएका छन् भने यादव र भट्टराई ओलीको विकल्पमा नयाँ सरकार गठन गर्नुपर्ने पक्षमा छन् ।

प्रधानमन्त्री ओलीले विश्वासको मत लिने प्रयोजनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले यही वैशाख २७ गते विशेष अधिवेशन आह्वान गरेकी छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४