Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मुख्यमन्त्री पोखरेलको नियुक्तिविरुद्ध राजनीतिक र कानुनी लडाइँ लड्ने विपक्षी गठबन्धनको उद्घोष


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, बैशाख २० २०७८
  • 3.6K
    SHARES

काठमाडौं । लुम्बिनी प्रदेशसभाका चार विपक्षी दलले मुख्यमन्त्री शंकर पोखरेलको नियुक्ति असंवैधानिक र अराजनीतिक र तानाशाहीको पराकाष्ठा भएको भन्दै राजनीतिक र कानुनी लडाइँ लड्ने बताएका छन् ।

आज बुटबलमा पत्रकार सम्मेलन गरि माओवादी केन्द्र, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको गठबन्धनले एमाले अल्पमतमा परेका बेला सोही दलको नेतालाई मुख्यमन्त्रीमा नियुक्त र शपथ गराउनु गैरकानुनी भएको भन्दै यो कदमको डटेर सामना गर्ने बताएका छन् ।

४२ सांसदको हस्ताक्षरसहित सरकारमा दावी पेश गर्दागर्दै ३७ जना सांसदको मात्रै समर्थन भएका पोखरेललाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्नुले लोकतन्त्रको हत्या र उपहास भएको उनीहरुको ठहर छ ।

कांग्रेस प्रदेश संसदीय दलका नेता वीरेन्द्रकुमार कानोडियाले आफूहरूले ४२ सांसदको हस्ताक्षरसहित सरकारमा दाबी पेश गर्दागर्दै ३७ जना सांसद भएको दललाई मुख्यमन्त्री बनाउनुले संविधानको धज्जी उडेको टिप्पणी गर्नुभयो ।

माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसीले अल्पमतको सरकार टिक्न नदिने तर केन्द्रको निर्देशनअनुसार अगाडि बढ्ने बताउनुभयो । हिजो बिहान राजीनामा दिएका मुख्यमन्त्री पोखरेललाई दिउँसो प्रदेशप्रमुखले मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको थियो ।

विपक्षी गठबन्धनले भने एक सदस्यले राजीनामा गरेको, उपचुनाव जितेकी एक सांसद र स्वतन्त्र दुई गरी तीन जनाले आफूलाई साथ दिएकाले एमालेमा बहुमत नभएको दाबी गरेको छ ।

माओवादी केन्द्रले ४२ जना सांसदको हस्ताक्षर लिएर संसदीय दलका नेता कुलप्रसाद केसीले आफ्नो नेतृत्वमा सरकार गठनका लागि प्रदेश प्रमुखसामु दाबी पेश गर्नुभएको थियो । विपक्षी गठबन्धनले आफुहरुसँग बहुमत रहेको भन्दै मुख्यमन्त्रीको शपथ रोक्न माग गर्दै प्रदेश प्रमुखको कार्यालय घेराउ समेत गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४