Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रधानमन्त्री ओलीविरुद्ध अविश्वास प्रस्ताव ल्याउन जसपाका १८ सांसदको हस्ताक्षर


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, बैशाख १८ २०७८
  • 2.7K
    SHARES

सर्वसम्मत नभए बहुमतको आधारमा अघि बढ्ने


जनता समाजवादी पार्टी नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वास प्रस्ताव ल्याउने निर्णय गरेको छ । वैशाख १४ गते बसेको जसपा नेपाल केन्द्रीय कार्यकारिणी समितिको बैठकले सो निर्णय गरेको हो । कार्यकारिणी समितिको बैठकका लागि दुईवटा कार्यसूची तय गरेको थियो । पहिलो नम्बरमा अनुशासनसम्बन्धी कारवाही बारे र दोस्रो नम्बरमा प्रधानमन्त्री केपी शर्मा ओली बिरुद्द अविश्वास प्रस्ताव सम्बन्धमा थियो ।

बैठकमा सहभागी एक कार्यकारिणी समितिका सदस्यले भने, ‘दुईवटै कार्यसूचीमा छलफल भयो र निर्णय पनि भयो । एउटा निर्णय बाहिर आइसकेको छ र अर्को निर्णय पनि आवश्यक परे बाहिर आउँछ ।’ प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले प्रतिगमनकारी काम गरेको हुनाले बहिर्गमन आवश्यक रहेको र पार्टीमा सर्वसम्मतिले निर्णय हुन नसके भने बहुमतको निर्णयबाट ओलीलाई हटाउने गरी तयारी रहेको उनकाे भनाइ छ ।

वैशाख १४ गते बसेको जसपा नेपालको पदाधिकारी बैठकमा अध्यक्ष उपेन्द्र यादवले कार्यकारिणी समिति बैठकको माग गरेका थिए । तर कोरोनाको कारण देखाउँदै अर्का अध्यक्ष महन्थ ठाकुरले बैठक बसाउन मानेका थिएनन् । पदाधिकारी बैठकबाट महन्थ ठाकुर र राजेन्द्र महतो उठेर गइसकेपछि यादवले कार्यकारिणी समितिको बैठक बोलाएका थिए ।

सो बैठकमा अधिकांश उनकै पक्षका नेताहरुको उपस्थिति थियो भने महन्थ ठाकुर पक्षका महेन्द्र राय यादव र रमेश यादवको उपस्थिति थियो । ५१ कार्यकारिणी समिति सदस्यमध्ये २६ जनाको उपस्थितिमा ती दुईवटा निर्णयहरु भएको हो । एउटा निर्णय हिजै कार्यान्वयनमा आइसकेको छ भने अर्को निर्णय कार्यान्वयनको अवस्थामा रहेको एक कार्यकारिणी सदस्यले  जन न्युज नेपाल खबरलाई बताए ।

​जसपा नेपालको बहुमत सदस्यले प्रधानमन्त्री ओलीमाथि अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने भनि निर्णय गरेको जानकारी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई पनि गराइसकेको छ । काँग्रेसले अविश्वासको प्रस्तावको प्रकृया अगाडि बढाए जसपा नेपालले पुनः कार्यकारिणी समितिको बैठक बोलाएर सर्वसम्मतिको लागि प्रयास गर्ने सर्वसम्मतिले नभए बहुमतबाट भएको निर्णयका आधारमा हस्ताक्षरको प्रकृया अगाडि बढाउने ती नेताले बताए ।

अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्न जसपा नेपालका १८ जना सांसद तयार भएका छन् । उपेन्द्र यादव पक्षका एक नेताले भने, ‘ओलीको प्रतिगामी कदम विरुद्ध जसपा नेपालका बहुमत सांसद तयारी अवस्थामा छन्, पार्टीले निर्णय गर्ने वित्तिकै हस्ताक्षर गर्नेछन् ।’ जसपा नेपालमा पूर्वसमाजवादी पार्टीका १७ र पूर्व राजपाका १७ गरी ३४ सांसद छन् । त्यसमध्ये रेशम चौधरी जेलमा छन् भने हरिनारायण रौनियार निलम्बनमा परेका छन् । बाँकी रहेको ३२ सांसदमा १८ जना उपेन्द्र यादवको पक्षमा रहेको ती नेताले दावी गरेको छ । स्रोतका अनुसार उपेन्द्र यादवले १८ जनासँग हस्ताक्षर गराएर पनि राखिसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४