Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कोरोना संक्रमणको ‘चेन ब्रेक’ गर्न कम्तिमा १ महिना लकडाउन हुन सक्ने !


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, बैशाख १७ २०७८
  • 4.6K
    SHARES

काठमाडौँ। नेपालका विभिन्न जिल्लामा अहिले सङ्क्रमणको चेन ब्रेक गर्न भन्दै एक साता त कतै पन्ध्र दिनका लागि निषेधाज्ञा लागु गरिएको छ।

तर इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. कृष्णप्रसाद पौडेलले त्यो पर्याप्त नहुने बताउँछन्। ‘मेरो विचारमा चेन ब्रेक गर्नका लागि त कम्तीमा तीनदेखि चार हप्ताको लकडाउन आवश्यक देखिन्छ’, उनले भने।

एक हप्ते निषेधाज्ञा चेन ब्रेकका लागि पर्याप्त नहुने कुरामा सहमत अर्की चिकित्सक तथा अनुसन्धानकर्ता डा.किरण पाण्डे प्रतिबन्धात्मक कदमसँगै कन्ट्याक्ट ट्रेसिङ र परीक्षण उत्तिकै आवश्यक हुने बताउँछिन्।

मान्छेहरू घरमै गुम्सिएर बसे अनि परीक्षण गराउन गएनन् भने निषेधाज्ञाको उपादेयता नै हुन्न,’ उनले भनिन्। तर, सरकारले निषेधाज्ञा लागू गरे पनि त्यसको पालना सर्वसाधारणले संवेदनशील भएर नगर्दा कोरोना संक्रमण ह्वात्तै बढेको कुरामा सहमति पाण्डेको बताउछिन्।

यसैबीच, पछिल्लो २४ घण्टामा थप ५,७२७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार ३९१ पीसीआर परीक्षणमा ५,६५७ जना र ५२५ जनाको एन्टिजेन परीक्षणमा ७० जना गरी ५७२७ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट ३३ जनाको मृत्यु भएको छ  भने कोरोना भाइरस निको हुनेको संख्या संख्या ९२८ रहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४