Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

जुवाडेको पैसा लुकाउने एसपीलाई डिआइजीले जोगाए !


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, बैशाख १७ २०७८
  • 4K
    SHARES

काठमाडौं । अनियमितता प्रकरणमा निलम्बनमा परेका नेपाल प्रहरीका केही सिनियर अधिकृतलाई हदैसम्मको कारबाही हुने गरेको छ । करिअर नै ध्वस्त हुने गरी उनीहरुलाई कारबाही गर्न लागिएको मुख्यालय स्रोतले जानकारी दिएको छ ।

कर्णालीको ट्राफिक प्रहरीमा अनियमितता गरेको अभियोगमा निलम्बनमा रहेका एसपीद्वय विमल बस्नेत र रामेश्वरप्रसाद यादव तथा इन्स्पेक्टर मेघराज चौरसियालाई प्रहरी प्रधान कार्यालयले कडा कारबाही गर्न लागेको हो । गत १७ मंसिरमा उनीहरु निलम्बनमा परेका थिए । उनीहरुको कारबाही यही हप्ता टुंगो लाग्दैछ ।कर्णालीमा उनीहरुले मातहतसँग रेट नै तोकेर पैसा उठाउने गरेका थिए ।

सरुवामा समेत पैसा माग्ने गरेका थिए । छानबिनको क्रममा संगठित भ्रष्टाचार गरेको पुष्टि भएपछि उनीहरुलाई ६/७ ग्रेड घटुवा गर्न लागिएको हो । जसअनुसार उनीहरु आफुभन्दा बढुवा ६/७ वर्ष पछि पर्ने छ । नेपाली सेनाले यस्ता अनियमिततामा संलग्नलाई बर्खास्त नै गरिरहेको छ । नेपाल प्रहरीले पनि त्यही बाटो समाउन लागेको छ ।

उता, डिउटीको समयमा होटलमा भेटिएका इलाका प्रहरी कार्यालय मालाखेती, कैलालीका तत्कालिन इन्चार्ज डिएसपी भरतबहादुर चौधरीलाई कारबाही गर्न लागिएको छ । उनी पनि हाल निलम्बनमै छन् ।

अनियमितताकै आरोपमा सिन्धुलीबाट हटाइएका एसपी आभूषण तिमल्सिनालाई भने कारबाही गरिएको छैन । त्यस्तै जुवाडेको पैसा लुकाएको पुष्टि हुँदा पनि गोरखाका तत्कालिन एसपी सुरेन्द्र गुरुङलाई पनि प्रदेशका डिआइजी घनश्याम अर्यालले जोगाएका छन् ।

उता, डिआइजी सरुवामा चर्को विवाद देखिएको छ । सातै प्रदेशका डिआइजी हेरफेर हुने समय भएको छ । सात प्रदेशमा १२ डिआइजीबीच प्रतिस्पर्धा रहेकाले सरकारले सरुवाको सकस देखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली क्षमता भन्दा पनि आफुले भनेको मान्नेलाई मात्र प्रदेश पठाउने ‘मुड’मा छन् । दृष्‍टि साप्ताहिकमा खबर छ

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४