Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

टेस्लाले कमायो कीर्तिमानी मुनाफा, ३ महिनामा १ अर्ब डलर


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, बैशाख १४ २०७८
  • 4.2K
    SHARES

काठमाडौं । विद्युत्तीय कार निर्माता अमेरिकी कम्पनी टेस्लाले कीर्तिमानी मुनाफा गर्न सफल भएको छ । सन् २०२१ को पहिलो त्रैमासिकमा टेस्लाले पहिलोपटक १ अर्ब डलर मुनाफा कमाएको हो ।

मंगलबार सार्वजनिक भएको टेस्लाको वित्तीय प्रतिवेदन अनुसार यस अवधिमा टेस्लाले ९ अर्ब डलर आम्दानी गरेको छ । यस त्रैमासिकको आम्दानी गत वर्षको सोही अवधिको भन्दा ७५ प्रतिशतले बढी हो ।

तथापि सन् २०२० को अन्तिम त्रैमासिकमा भन्दा आम्दानीमा केही कमी आएको छ । खासगरी दुई महत्वपूर्ण मोडेलका कारहरु मोडेल एस र मोडेल एक्सको उत्पादन बन्द गरेका कारण यस त्रैमासिकमा टेस्लाको आम्दानीमा गत त्रैमासिक भन्दा कमी भएको हो । साथै समग्र अटो उद्योगमा जस्तै टेस्लालाई पनि कम्प्युटर चिप्सको अभावले नकारात्मक असर गर्यो ।

लगानीकर्ताहरुलाई सम्बोधन गर्दै टेस्ला सिइओ एलन मस्कले कम्प्युटर चिपको अभाव टेस्लाका लागि ठूलो समस्या बनेको उल्लेख गर्दै यस अवधिमा कम्पनीले आपूर्ति प्रणालीमा अहिलेसम्मकै ठूलो चुनौतिको सामना गर्नुपरेको बताए ।

पहिलो त्रैमासिकमा टेस्लाले बिटक्वाइनमा भएको लगानीबाट समेत मुनाफा गर्न सफल भएको छ । टेस्लाले बिटक्वाइनमा डेढ अर्ब डलर लगानी गरेकोमा बिटक्वाइन बिक्रिबाट १० करोड १० लाख डलर नाफा कमाएको छ ।

स्मरण रहोस् केही समय अघिसम्म टेस्लाले हरेक त्रैमासिकहरुमा घाटा खाइरहेको हुन्थ्यो र नगद प्रवाहकै समस्या हुने जोखिम थियो । सन् २०१८ को अन्त्यसम्ममा त टेस्लाका कुनैपनि त्रैमासिकहरु मुनाफायुक्त भएनन् ।

त्यस्तै सन् २०१९ को मध्यसम्म पनि टेस्लाले घाटा नै व्यहोरिरहेको थियो । तर सन् २०१९ को तेश्रो त्रैमासिकदेखि टेस्लाको भाग्य चम्किन थाल्यो । कम्पनीको शेयर मूल्यमा १३४९ प्रतिशत सम्मको ऐतिहासिक बढोत्तरीसँगै २०१९ को तेश्रो त्रैमासिकमा टेस्लाले मुनाफा आर्जन गर्न सफल भयो ।

टेस्ला अहिले अमेरिकाको सबैभन्दा मूल्यवान कम्पनीमध्ये एक हो र यसको बजार मूल्य विश्वका सातवटा सबैभन्दा ठूला गाडी निर्माता कम्पनीको संयुक्त मूल्यभन्दा पनि धेरै छ ।

यो वर्ष साढे ७ लाख कार बेच्ने योजना टेस्लाको छ । कम्पनीले हरेक वर्ष ५० प्रतिशतको वृद्धिदर हासिल गर्नुपर्ने टेस्ला सिइओ एलन मस्कले बताउने गरेका छन् ।

टेस्लाले आफ्ना नयाँ कारखानाहरु जर्मनी तथा अमेरिकाको टेक्सासमा निर्माण गरिरहेको छ ।

–सिएनएनबाट

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४