Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

१० जिल्लामा पूर्ण र तीन जिल्लामा आंशिक निषेधाज्ञा (सूची)


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, बैशाख १४ २०७८
  • 6.7K
    SHARES

काठमाडौं । सरकारले कोरोना भाइरस संक्रमणको दोस्रो लहर नियन्त्रणका लागि १० जिल्लामा पूर्ण र तीन जिल्लामा आंशिक निषेधाज्ञाको आदेश जारी गरेको छ ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले शहरी क्षेत्रमा ५ सय र पहाडमा २ सय जना सक्रिय संक्रमित भए प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा लगाउन सक्ने निर्णय गरेको थियो । त्यही निर्णयमा टेकेर स्थानीय प्रशासन ऐनमा भएको व्यवस्थाअनुसार प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञा लगाउने आदेश जारी गरेका छन् ।

गृह मन्त्रालयबाट प्राप्त विवरण अनुसार मंगलबारसम्ममा ११ जिल्लामा पूर्ण र दुई जिल्लामा आंशिक निषेधाज्ञा छ । काठमाडौं, भक्तपुर, ललितपुर, बाँके, दाङ, कैलाली, रुपन्देही, पर्सा र सुर्खेतमा पूर्ण निषेधाज्ञा छ । कास्कीमा पनि निषेधाज्ञा छ, सवारीसाधनमा जोर–विजोर प्रणाली लगाइएको छ ।

बर्दिया, बाग्लुङ र कालिकोटमा चाहिँ आंशिक निषेधाज्ञा छ । बर्दियाको गुलरिया नगरपालिका–५ र ६, बाँसगढी नगरपालिकाको बाँसगढी बजार क्षेत्र, बारबर्दिया नगरपालिकाको जयनगर र कतर्निया बजार क्षेत्रमा निषेधाज्ञा छ ।

त्यस्तै, ठाकुरबाबा नगरपालिकाको बगनाहा, भुरीगाउँ र ठाकुरद्वारा बजार क्षेत्र, राजपुर नगरपालिकाको राजापुर मानपुर टपरा बजार क्षेत्रमा निषेधाज्ञा छ । बढैयाताल गाउँपालिकाको भोलागौडी, मैनापोखर र शीतला बजार क्षेत्र र गेरुवा गाउँपालिकाको शान्तिबजार र पशुपतिनगर बजार क्षेत्रमा निषेधाज्ञा लाइएको छ ।

कोरोना भाइरसको संक्रमण बढ्दै गएको भन्दै जिल्ला प्रशासन कार्यालय, बाग्लुङले पनि बाग्लुङ नगरपालिकाको वडा नं. ३ मा निषेधाज्ञा लगाएको छ भने कालिकोटको खाँडाचक्र नगरपालिकाको वडा नं. ११ मा निषेधाज्ञा छ ।

कालिकोटमा ५ जना व्यक्ति संक्रमण देखिँदा फैलिनसक्ने भन्दै निषेधाज्ञाको आदेश जारी गरिएको छ । मंगलबार साँझसम्ममा चितवनमा पनि सक्रिय संक्रमित संख्या ५ सय पुगिसकेको छ, तर प्रशासनले कुनै आदेश जारी गरिसकेको छैन ।

सोमबार बसको मन्त्रिपरिषद् बैठकले एकसाता निषेधाज्ञाले मात्रै महामारीको चेन ब्रेक नहुने भन्दै थप एक साता निषेधाज्ञा गर्ने निर्णय गरिसकेको छ ।

के–के छ निषेध ?

जिल्लाअनुसार फरकफरक आदेश भएपछि अधिकांश सर्तहरु एकै किसिमका छन् । निषेधाज्ञाको समयमा जिल्लाहरुमा खाद्य सामग्री, औषधि पसलबाहेक सबै व्यवसाय बन्द हुनेछन् । अतिआवश्यक सवारीसाधनहरु मात्रै चल्नेछन् ।

सबै प्रकारका सभा सम्मेलन, गोष्ठी, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्वीमिङ पुल, सपिङ मल, मनोरञ्जनस्थल, सैलुन, ब्युटी पार्लर, जिमखाना, समूहमा खेलिने खेल, पुस्तकालय, संग्रहालय, चिडियाखाना बन्द गरिनेछन् ।

सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था र अरु अत्यावश्यक सेवा दिने कार्यालय सञ्चालन हुनेछ । सरकारी कर्मचारी, बैंक तथा वित्तीय संस्था र अरु अत्यावश्यक सेवामा कार्यरत कर्मचारीले परिचयपत्र देखाएर आवतजावत गर्न सक्नेछन् ।

अत्यावश्यक सामग्री बोकेका ढुवानीका साधन, बिरामी तथा कुरुवा बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी र सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन चल्न पाउनेछन् ।

कहाँ–कहाँ कहिलेदेखि निषेधाज्ञा ? हेर्नुस् सूची

सि.नं जिल्ला/क्षेत्र समयावधि कैफियत
१. काठमाडौं १६ गतेदेखि २२ गतेसम्म
२. भक्तपुर १६ गतेदेखि २२ गतेसम्म
३. ललितपुर १६ गतेदेखि २२ गतेसम्म
४. बाँके १३ गतेदेखि २० गतेसम्म
५. दाङ १७ गतेदेखि २५ गतेसम्म
६. कैलाली १६ गतेदेखि २२ गतेसम्म
७. रुपन्देही १६ गतेदेखि २९ गतेसम्म
८. पर्सा १६ गतेदेखि २२ गतेसम्म
९. कास्की १५ गतेदेखि २१ गतेसम्म जोर–विजोर
१०. सुर्खेत १५ गतेदेखि २१ गतेसम्म
११. बर्दिया १३ गतेदेखि २० गतेसम्म आंशिक निषेधाज्ञा
१२. बाग्लुङ ७ गतेदेखि १७ गतेसम्म बाग्लुङ नपाको ३ वडामा मात्र
१३. कालिकोट १० गतेदेखि १७ गतेसम्म खाँडाचक्र नपा ११ मा मात्र

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४