Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

ट्वीटबाटै पैसा कमाउन सकिने !


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, बैशाख १३ २०७८
  • 3.5K
    SHARES

काठमाडौं । सोसल मिडिया प्लाटफर्म ट्वीटरले एउटा यस्तो फिचर थप गर्दैछ जसबाट प्रयोगकर्ताले समेत पैसा कमाउन सक्नेछन् ।

ट्वीटरले निकट भविष्यमै प्रयोगकर्ताको प्रोफाइलमा एक नयाँ बटन थप गर्न लागेको छ, जसको माध्यमबाट प्रयोगकर्ताले आम्दानी गर्न सम्भव हुनेछ ।

वास्तवमा यो फिचरका माध्यमबाट प्रयोगकर्ताले ती प्रयोगकर्तालाई आर्थिक सहयोग गर्न वा टिप्स दिन सक्नेछन् जसका उल्लेख्य फलोअर्स हुन्छन् र लोकप्रिय ट्वीट गर्दछन् ।

एप शोधकर्ता जेन म्यान्चुंग वोंगले एक तस्वीर शेयर गरेका छन् जसमा ट्वीटर प्रयोगकर्ताको प्रोफाइलमा एक टिपिंग बटनको फिचरलाई संकेत गर्दछ ।

उक्त बटनमा थिचिसकेपछि प्रयोगकर्ताले ब्याण्डक्याम्प, क्यास एप, प्याट्रिओन, पेपल तथा भेन्मो जस्ता अनलाइन भुक्तानी सेवामार्फत् रकम प्रदा गर्न सकिनेछ ।

गत फेब्रुअरीमा ट्वीटरले Super Follower नामको एक विवादास्पद फिचर ल्याएको थियो । जसमा चर्चित व्यक्तित्व वा सेलिब्रेटीहरुले आफ्ना फलोअर्सलाई शुल्क तिर्न लगाएर आफ्ना ट्वीटरलाई मुद्रीकरण गर्न सक्दथे ।

उक्त फिचर सार्वज्निक भएसँगै RIP Twitter नामक ह्यासट्याग एकाएक ट्रेण्डिङ भएको थियो । त्यस्तो फिचरले आम सर्वसाधारण प्रयोगकर्ताको भावनामा ठेस पुगेको र धेरै फलोअर्स भएका सेलिब्रेटीलाई मात्र महत्व दिइएको भन्दै ट्वीटरको आलोचना भएको थियो ।

यद्यपि भविष्यमा मनिटाइज भएका ट्वीटर अकाउन्टबाट आम्दानी गर्ने लक्ष्य चाहिँ ट्वीटरले राखेको छ । सन् २०२३ मा साढे ३१ करोड मनिटाइज गर्न सकिने दैनिक प्रयोगकर्ता पुग्ने ट्वीटरका सिइओ ज्याक डोर्सीको प्रक्षेपण छ । यसबाट ट्वीटरले आफ्नो आम्दानी वार्षि साढे ७ अर्ब डलर पुर्याउने बताइएको छ ।

-एजेन्सी

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४