Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बिप्लबले ओलीसँग घुंडा टेकेपछि मजदुर संगठनमा विद्रोह


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, बैशाख १३ २०७८
  • 4.6K
    SHARES

काठमाडौं । मूलधारको राजनीतिमा फर्किएलगत्तै विप्लव नेतृत्वको नेकपानिकट मजदुर संगठन अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघमा विद्रोह भएको छ ।

महासंघको छैठौं राष्ट्रिय सम्मेलन सकिएलगत्तै विप्लवको मदजुर संगठनमा विद्रोह भएको हो । विद्रोह गरेका मजदुर नेताले संगठनको वैचारिक, राजनैतिकदेखि कार्यशैलीप्रति असहमति जनाएका छन् ।

यसको नेतृत्वचाहिँ भीमप्रकाश अधिकारीले गरेका छन् । उनी महासंघका केन्द्रीय सदस्य हुन् । उनलाई अन्य ८ जनाले साथ दिएका छन् । संगठन र पार्टी परित्याग गरेका हुन् ।


उनीहरूले विप्लवको कुन कार्यशैलीप्रति असहमति जनाएका हुन्, खुलाएका त छैनन् । तर मूलधारको राजनीतिमा आउने निर्णयबाट रुष्ट बनेर उनीहरू अलग बनेको अनुमान गरिएको छ ।

‘नेपाल कम्युनिस्ट पार्टी (विप्लव) नेतृत्वमा गोलबन्द मजदुरहरूको रगत पसिनाले स्थापित प्यारो संगठन अखिल क्रान्तिकारी ट्रेड युनियन महासंघको पोखरामा सम्पन्न छैठौं राष्ट्रिय सम्मेलनपश्चात त्यस संगठनसँग वैचारिक, सैद्धान्तिक, राजनीतिक र कार्यशैलीमा असहमत रहेको कुरा सार्वजनिक गर्दछौं,’ असन्तुष्ट मजदुरद्वारा जारी संयुक्त प्रेस विज्ञप्तिमा भनिएको छ ।

संगठनबाट अलग हुनेमा अधिकारीसँगै कृष्ण चौधरी, हरिचन्द्र खड्का, विजय अधिकारी, विमुरा कोर्मोचा, नितू शाह, अनिता कार्की, वीरसिंह विक र अम्बिका राई छन् ।

संगठनबाट अलग भएको घोषणा गरेका उनीहरूले मजदुरहरूको हकहितका लागि निरन्तर संघर्ष गरिरहने प्रतिबद्धता जनाएका छन् ।साँघु साप्ताहिकमा खबर छ

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४