Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेतृत्वले नै महिलालाई अधिकार सम्पन्न गराउँछः उपमेयर हरिप्रभा


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, बैशाख १३ २०७८
  • 3.7K
    SHARES

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले महिलाहरु नै अग्रसर नभइकन अधिकारबाट सुसज्जित हुन नसकिने बताउनु भएको छ । अझै पनि राज्यसँग समानताको लागि द्वन्द नसकिएको उहाँको भनाइ थियो ।

मंगलादेवी स्मृति प्रतिष्ठानले आयोजना गरेको कोभिड–१९ सचेतना लक्षित एकहप्ते नेतृत्व विकास तालिमको समापन समारोहका प्रमुख अतिथि उपमेयर श्रेष्ठले सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्नुहुँदै राख्नुभएको मन्तब्यमा नेतृत्व विकास तालिमको एक हप्ताको अवधिमा सहभागीमा देखिएको परिवर्तनले आफू निकै उत्साहित भएको बताउनु भएको हो ।सबैलाई शुभकामना दिनुहुँदै शुभकामना गीत सुनाउँदा सहभागीहरु निकै उत्साहित भएका थिए ।

मंगलादेवी सिँहप्रति शब्द–सम्मान ब्यक्त गर्दै सुरु गरिएको यस कार्यक्रम आयोजक प्रतिष्ठानकी अध्यक्ष गंगालक्ष्मी अवालको सभापतित्वमा भएको तालिम समापन कार्यक्रममा बोल्नुहुँदै विशेष अतिथि काठमाडौं महानगरपालिका सामाजिक विकास विभाग प्रमुख दिपक अधिकारीले महिलाहरुको क्षमता अभिबृद्धिमा महानगरपालिकाले गम्भीरता पूर्वक विभिन्न योजना तथा कार्यक्रम निर्माण गरिरहेको बताउनु भयो ।

सम्पन्न भएको नेतृत्व विकास तालिमको सिकाई उपलब्धिले खुशी लागेको उहाँको भनाइ थियो ।कार्यक्रम प्रशिक्षक सुरजवीर बज्राचार्यले प्रशिक्षार्थीहरुको सक्रिय सहभागिता एवं रातदिन नभनी गरेको मेहेनतले आफूमा उत्साह थपेको बताउनु भएको छ ।

कक्षाका प्रत्येक अभ्यासमा जिउज्यानले मेहेनत गर्ने परम्पराकै रुपमा विकास होस् भन्नुहुँदै मौका आउँदा उपयोग गर्न तथा आवश्यकता पर्दा सँधै साथमा उभिने प्रतिवद्धता ब्यक्त गर्नुभयो ।

तालिम कार्यक्रमका संयोजक आनन्दरत्न बज्राचार्यले महिलाहरु नेतृत्वमा रहेको हेर्ने समाजको चाहना रहेपनि अग्रसर नहुने महिलाहरुमा उत्साह जागोस् भन्ने उद्देश्यले तालिम आयोजना भएको बताउनु भयो ।अर्कोतर्फ अग्रसर हुने अठोट र क्षमता भइकन पनि अवसरको कमीले पनि महिलाहरु अग्रसर हुन नसकेको बताउनु भयो ।

समापन कार्यक्रममा प्रशिक्षक सुरजवीर बज्राचार्य, तालिम संयोजक आनन्दरत्न बज्राचार्य तथा काठमाडौं महानगरपालिका सामाजिक विकास विभाग प्रमुख दिपक अधिकारीलाई कदरपत्र प्रदान गरिएको थियो भने प्रशिक्षार्थीहरुबाट सबैको हस्ताक्षर रहेको धन्यवाद पत्र प्रमुख अतिथि हरिप्रभा खड्गी श्रेष्ठ तथा आयोजक मंगलादेवी प्रतिष्ठानकी अध्यक्ष गंगालक्ष्मी अवाललाई प्रदान गरिएको थियो ।

प्रशिक्षार्थी प्रविणा श्रेष्ठले सञ्चालन गर्नुभएको कार्यक्रममा स्वागत मन्तब्य प्रशिक्षार्थी एवं लोकप्रिय गायिका सरीता शाहीले राखेकी थिइन् ।काठमाडौं महानगरपालिकाको सहयोगमा जनचिकित्सालय न्ह्योखामा भएको तालिममा २९ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो ।कार्यक्रममा प्रशिक्षार्थी एवं कलाकारहरु अगिना तण्डुकार, सविना मानन्धर, सरीता शाहीले गीत समेत प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४