Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

उपत्यकामा बैशाख १५ देखि लकडाउन गर्ने तयारी


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, बैशाख १३ २०७८
  • 5.7K
    SHARES

काठमाडौं । उपत्यकाभित्र कोरोना संक्रमितको संख्या झन् झन् बढ्दै गएपछि उपत्यकाका तीनवटै जिल्लामा वैशाख १५ गतेदेखि लकडाउन गर्ने तयारी भएको छ।

आइबार बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले मन्त्रिपरिषद्लाई सिफारिस गरेअनुसार उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरमा गरी तीनै जिल्लामा लकडाउन गर्न लागिएको हो ।

 

साथै, सीसीएमसीले सरोकारवाला मन्त्रालय र प्रमुख जिल्ला अधिकारीहरुलाई यससम्बन्धी आन्तरिक तयारी गर्नसमेत भनिसकेको छ । सीसीएमसीको प्रस्ताव अनुसार निर्णय गर्न आज उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठक बस्न लागेको छ।

आगामी बुधबारदेखि यातायातका साधन बन्द गरिने र आन्तरिक उडानसमेत बन्द हुने सीसीएमसीको निर्णय रहेको बताइएको छ ।

पर्यटनमन्त्री भानुभक्त ढकालले ५ सयभन्दा बढी सक्रिय संक्रमित रहेका तराईका जिल्ला तथा शहरी क्षेत्रमा वैशाख १५ गतेदेखि निषेधाज्ञा जारी नगरे स्थिति भयवह हुने बताइसकेका छन् ।

सीसीएमसीको आइतबार बसेको बैठकले शहरी क्षेत्रमा ५ सयभन्दा बढी सक्रिय संक्रमित रहेको क्षेत्रमा निषेधाज्ञा गर्न सिफारिस गरेको छ । साथै, कोरोना संक्रमण नियन्त्रणका लागि थप कदम चाल्नका लागि आज मन्त्रिपरिषद् बैठक समेत डाकिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४