Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आजको राशिफल – Aajako Rashifal


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, बैशाख १३ २०७८
  • 7.7K
    SHARES

२०७८ वैशाख १३ गते, साेमवार, २६ अप्रिल २०२१। चैत्र शुक्लपक्ष, चतुर्दशी तिथि (१२ः१५ बजेदेखि पूर्णिमा)। चित्रा नक्षत्र। चन्द्रराशि– कन्या, १२ः१६ बजेदेखि तुला।

 

मेष – ARIES

चु, चे, चो, ला, लि, लु, ले, लो, अ

पुरुषार्थले समाजमा स्थापित बनाउन सक्छ। रोकिएका काम बन्नाले मनग्गे लाभ हुनेछ। चुनौती पन्छाएर काम बनाउन सकिनेछ। प्रतिस्पर्धा, विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष बलियो रहनेछ। दिउँसोदेखि प्रियजनसँग रमाइलो भेटघाट हुनेछ। नयाँ ज्ञानले अध्ययनमा उत्साह जगाउनेछ। व्यवसायका लागि यात्रा सम्भावना छ। परिवारमा केही असमझदारी बढ्न सक्छ। 

वृष – TAURUS

इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

बुद्धिको उपयोगले लक्ष्यमा पुगिनेछ। आम्दानीका स्रोत बढ्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। अध्ययनमा प्रगतिका साथै ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। दिउँसोदेखि भौतिक साधन जुट्नाले दिगो काम प्रारम्भ हुनेछ। लगनशीलताले परिस्थितिलाई बदल्न सक्छ। साहसी काम गरेर लाभ उठाउन सकिनेछ।काममा प्रतिस्पर्धाकाे माहाेल बन्नेछ।

मिथुन – GEMINI

का, कि, कु, घ, ङ, छ, के, को, ह

हिस्सेदारसँग असमझदारी बढ्नाले पहिलेको सम्झौता भंग हुन सक्छ। बलजफ्ती गर्दा काम बिग्रन सक्छ। आफ्ना मालमत्ता तथा सम्पत्तिमा अरूले दाबी गर्न सक्छन्। अनावश्यक साइनो गाँस्नेहरूसँग सावधान रहनुहोला। नयाँ कामलाई मध्याह्नपछिको साइत उपयुक्त हुनेछ। अध्ययनमा उचाइकाे बाटाे समाउन सकिनेछ। मिहिनेतले नयाँ कामतर्फ अग्रसर भइनेछ।

कर्कट – CANCER

हि, हु, हे, हो, डा, डि, डु, डे, डो

दाजुभाइमा आत्मीयता बढ्नेछ भने प्रेम र मित्रताको बन्धनसमेत कसिलो हुनेछ। लगानी गर्दा व्यवसायमा मनग्गे धनलाभ हुनेछ। मिहिनेतले दिगो फाइदा दिलाउन सक्छ। मध्याह्नदेखि आफन्तमा असमझदारी बढ्न सक्छ। चिताएका काम समयमा गर्न नसकिएला। आफन्तजनको विश्वास गुम्न सक्छ। छिटो फल प्राप्त गर्ने आकांक्षाले समस्या निम्त्याउनेछ।  

सिंह – LEO

मा, मि, मु, मे, मो, टा, टि, टु, टे

अरूको बारेमा चासो राख्दा स्वयं समस्यामा परिएला। अध्ययन र व्यापारमा सोचेजस्तो प्रगति नहुन सक्छ। आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय छ, सजग रहनुहोला। तापनि, मौका पर्खंदा स्थितिमा सुधार आउनेछ। दिउँसोतिर रोकिएका काम बन्नेछन् भने उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। केही विवादास्पद काम गनुर्परे पनि दिन रमाइलाे रहनेछ। 

कन्या – VIRGO

टो, प, पि, पु, ष, ण, ठ, पे, पो

प्रयत्न गर्दा बिहानै प्रतिफल हातपार्न सकिनेछ। साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन्। पछिसम्म लाभ हुने काम प्रारम्भ गर्ने समय छ। भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ हुन सक्छ। दिउँसोतिर हातमा आएको रकम अरूका लागि खर्चनुपर्ला। आत्तिने बानीले बोलीको गलत अर्थ लाग्न सक्छ। शुभचिन्तकहरूको राय लिएर अघि बढ्नुहोला। 

तुला – LIBRA

र, रि, रु, रे, रो, ता, ति, तु, ते

समयमा होस नपुग्नाले फजुल खर्च बढ्नेछ। ठूलो प्रयत्नले सामान्य उपलब्धि दिलाउनेछ। खर्च गरेर पनि त्यति फाइदा उठाउन नसकिएला। शुभचिन्तकहरूलाई बेवास्ता गर्दा दुःख पाइएला। तापनि सद्विचारले अभिप्रेरित हुनेहरूलाई फाइदा हुनेछ। दिउँसोतिर पारिवारिक भेटघाटले खुसियाली छाउनेछ। पाहुनाहरूको सत्कार र खानपानमा समय बित्न सक्छ।

वृश्चिक – SCORPIO

तो, ना, नि, नु, ने, नो, या, यि, यु

श्रमको उचित मूल्यांकन भए पनि प्रतिफल हातलागी हुन समय लाग्नेछ। तापनि मिहिनेतले लक्ष्यमा पुर्याउनेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। मध्याह्नपछि आकस्मिक खर्चले अर्थ अभाव देखापर्न सक्छ। शुभचिन्तकहरू समेत टाढिएलान्। मिहिनेतको प्रतिफल जोगाउन अलि चनाखो रहनुपर्नेछ। अवसरको खोजीमा केही दौडधुप समेत गर्नुपर्ला।

धनु – SAGITTARIUS

ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

चिताएको काम छिटै सम्पादन हुनेछ। सहयोगीहरूले हिम्मत दिलाउनेछन्। कीर्तिमानी काम गर्ने समय छ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। दिउँसोदेखि विशेष धनलाभ हुन सक्छ। आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। दाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक दायित्व बढ्नेछ। व्यापार, भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। 

मकर – CAPRICORN

भो, ज, जि, खि, खु, खे, खो, गा, गि

अस्वस्थताले काममा समय दिन नसकिएला। अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्। तापनि समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। दिउँसोदेखि स्थितिमा सुधार आउनेछ भने दिगो फाइदा हुने जिम्मेवारी प्राप्त हुनेछ। परिश्रमले धेरैको मन जित्न सकिनेछ। तारिफयोग्य काम गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ।

कुम्भ – AQUARIUS

गु, गे, गो, सा, सि, सु, से, सो, द

स्वास्थ्य कमजोर रहनेछ भने चिताएको नतिजा प्राप्त नहुनाले आर्थिक क्रियाकलापमा बाधा पुग्न सक्छ। गोपनीयता बाहिरिनाले लक्ष्यमा पुग्न अप्ठ्यारो पर्नेछ। तापनि मध्याह्नदेखि केही काम बन्नेछन्। तत्काल उपलब्धि प्राप्त नभए पनि सम्भावना खोजी गर्ने समय छ। रोकिएको काममा दोहोर्याएर प्रयत्न गर्नुहोला। पछि फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ। 

मीन – PISCES

दि, दु, थ, झ, ञ, दे, दो, च, चि

प्रियजनसँग रमाइलो भेटघाट हुनेछ। रमाइलो यात्राका बीच अतिथिका रूपमा सत्कार पाइनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। व्यवसायमा आम्दानी बढ्नेछ। दिउँसोदेखि काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ला। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। मिहिनेतको प्रतिफल अरूले हत्याउने चेष्टा गर्नेछन्।

# नेपाली पात्रोबाट साभार गरिएको

#उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४