Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

देवघाट-ठिमुरा जोड्ने भत्किएको पुलबाट त्रिशूलीमा खस्दा १को मृत्यु, २ बेपत्ता, ७ घाइते (अपडेट)


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, बैशाख १२ २०७८
  • 2.5K
    SHARES

चितवन । भरतपुर महानगरपालिका–१ ठिमुराबाट तनहुँको देवघाट जोड्ने पुलको काम गरिरहेका करिब एक दर्जन मजदुर त्रिशूलीमा खस्दा एकको घटनास्थलबाट उपचारको लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको छ ।

घटनामा थप ७ जना गम्भीर घाइते भएका छन्, भने दुई जना बेपत्ता भएका छन् । तीन जना मजदुरको भने सकुसल उद्दार गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले जानकारी दिए ।

 

आइतबार (आज) बिहान ९ बजेतिर पुलमा काम गरिरहेका फलामसहित मजदुर खसेका थिए । दुई जना त्रिशूलीमा बेपत्ता भएका र फलामले च्यापिएका तीन जनाको सकुसल उद्दार गरिएको र उद्दार गरिएकालाई भरतपुरको चितवन मेडिकल कलेजमा उपचार भइरहेको एसपी अधिकारीले जानकारी दिए ।

बेपत्ताको खोजी थालिएको एसपी अधिकारीले बताए । यता, डिभिजन सडक कार्यालय चितवनका प्रमुख कृष्णराज अधिकारीले फलामको काम गरिरहेका जलप नेपालका मजदुर नदीमा खसेको जानकारी दिए ।

पुल निर्माणमा खटिएको जलप नेपालका सञ्चालक ताराप्रसाद पौडेलले त्यहाँ आज बिहानैदेखि १८ मजदुरले काम गरेको जानकारी दिए । ठिमुरा र देवघाट गाउँपालिका–५ घिनाटार जोड्ने ८.५ मिटर चौडाइ भएको २२० मिटर लामो पुल निर्माण भइरहेको छ ।

त्यसोत, निर्माणाधीन उक्त पुलको केही भाग गत चैत २४ गते भाँचिएर नदीमा खसेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४