Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बाँकेमा कोरोना तथ्यांक : ११ दिनमा २७ जनाको मृत्यु


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, बैशाख १२ २०७८
  • 3.2K
    SHARES

काठमाडौं । बाँकेमा वैशाखयता मात्र कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट २७ जनाको मृत्यु भएको छ ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापनले आइतबार सार्वजनिक गरेको तथ्यांकअनुसार ११ दिनमा २७ जनाको मृत्यु भएको छ भने २९०३ जनामा संक्रमण पुष्टि भएको छ । यो तथ्यांक वैशाख १–११ गतेसम्मको हो ।

वैशाख १–४ गतेसम्म प्रत्येक दिन एक/एकजना संक्रमितको मृत्यु भएको तथ्यांकले देखाएको छ । वैशाख ५ गते ४ जना, वैशाख ६ गते २ जनाको मृत्यु भएको छ भने वैशाख ७–११ गतेसम्म ३/३ जनाको मृत्यु भएको छ । वैशाख १० गते २ जनाको मृत्यु भएको छ भने वैशाख ११ गते मात्र ६ जनाको मृत्यु भएको बाँकेका फोकल पर्सन तेज ओलीले बताए ।

ओलीका अनुसार वैशाख १–११ गतेसम्म सबभन्दा बढी वैशाख ११ गते ६ जनाले कोरोनाका कारण ज्यान गुमाएको ओलीले बताए ।

वैशाख १–७ गतेसम्म संक्रमण दर बढ्ने घट्ने देखिए पनि वैशाख ८ गतेदेखि वैशाख १० गतेसम्म कोरोना संक्रमण निरन्तर बढेको देखिन्छ । वैशाख ११ गते भने संक्रमितको संख्या वैशाख १० गतेभन्दा केही कम देखिन्छ ।

वैशाख ८ गते ३३६, वैशाख ९ गते ३८८ र वैशाख १० गते ४८८ जनामा कोरोना संक्रमण पुष्टि भएको केन्द्रले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । वैशाख ११ गते भने ४२९ जनामा संक्रमण पुष्टि भएको छ । वैशाख १ गतेदेखि ११ गतेसम्मको तथ्यांकलाई हेर्दा सबैभन्दा बढी वैशाख १० गते सबैभन्दा बढी ४८८ जनामा र सबैभन्दा कम वैशाख २ गते १७ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४