Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

माधव नेपालसहित अन्य नेताहरुलाई थप कारबाही गर्ने निर्णय तत्काललाई टर्यो


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, बैशाख १२ २०७८
  • 4.5K
    SHARES

काठमाडौं । आइतबार बिहान बसेको स्थायी समितिको बैठकले वरिष्ठ नेता माधवकुमार र झलनाथ खनाल समूहका नेताहरु थप कारबाही गर्ने निर्णय तत्काललाई टरेको छ ।

स्थायी समितिको बैठकपछि बसेको एमाले महाधिवेशन कमिटीको बैठकले नेपाल–खनाल समूहका सांसदलाई तत्काल कारबाही नगर्ने तर, सुक्ष्म अनुसन्धान भने गर्ने निर्णय गरेएको छ ।

परराष्ट्रमन्त्री एवं पार्टीका प्रवक्ता प्रदीप कुमार ज्ञवालीका अनुसार बैठकले नेपाल–खनाल समूहका सांसदलाई कारबाही गर्नेबारे छलफल भएपनि तत्काल कारबाही नगरी ‘उपयुक्त समयमा गर्ने’ निर्णय भएको छ ।

यद्यपि, बैठकमा नेपाल समूहले पार्टीभित्र सरकार ढाल्ने र कमजोर बनाउने षड्यन्त्र भइरहेको निष्कर्ष निकालिएको प्रवक्ता ज्ञवालीले बताएका छन् । यसअघि शुक्रबार नै कमिटीको बैठक बसेको थियो ।

May be an image of one or more people, people standing and indoor

उक्त बैठकले कर्णालीमा फ्लोर क्रस गर्ने चार जना सांसदलाई पार्टीबाट निष्कासन गरेको थियो । त्यस्तै, २ सय ६५ जना केन्द्रीय नेताहरुको कार्यविभाजन पनि गरेको थियो ।

बैठकले नेपाल–खनाल समूहलाई हटाएर पूर्वमाओवादीका नेताहरुलाई समेटेर अघि बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४