Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बालुवाटारमा एमालेको बैठक जारी : कालो मास्क र मोबाइलले फोटो खिच्न निषेध !


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, बैशाख १२ २०७८
  • 3.8K
    SHARES

काठमाडौं । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको एमाले महाधिवेशन कमिटीको बैठकमा कालो मास्क निषेध गरिएको छ । बैठकमा सहभागिता जनाउने नेता तथा समाचार संकलन गर्ने सञ्चारकर्मीलाई कालो मास्कसहित फोटा खिच्न निषेध गरिएको छ ।

कालो मास्क लगाएर सूचना संकलन गर्न गएका सञ्चारकर्मीमलाई प्रवेशमा रोक लगाइएको छ । साथै, बैठकको फोटो क्यामेराबाट मात्र खिच्त पाइने, मोबाइलबाट खिच्न नपाइने नियम कडाइका साथ लागू गरिएको छ ।

May be an image of one or more people, people standing, people sitting and indoor

केही समयअघि काठमाडौंको कार्की पार्टी प्यालेसमा आयोजित जिल्लो कमिटीको भेलामा पनि सहभागी कार्यक्रममा कालो मास्क र कालो टोपी लगाउन निषेध गरिएको थियो ।

त्यतिबेला कालो झण्डाको रुपमा कालो टोपी र मास्क प्रयोग गरेर कार्यक्रममा सहभागीले प्रधानमन्त्री ओलीको विरोध गर्नसक्ने आशंकामा सुरक्षा कर्मीलाई कालो टोपी र मास्क प्रयोग गर्नेलाई कार्यक्रममा निषेध गर्न निर्देशन दिइएको थियो ।

May be an image of 1 person, sitting and standing

आइतबार १० बजे बोलाइएको बैठक ढिला सुरु भएको छ । यसअघि स्थायी समितिको बैठक बसिएको छ । बैठकले माधव नेपालसहित थप नेताहरुलाई कारवाही गर्ने निर्णय गरेको जनाइएको छ ।

कर्णाली प्रदेश सरकारमा जस्तै फ्लोर क्रस गरेर सरकार ढाल्ने खेल सुरु भएको सूचना पाएसँगै नेपाल समूहलाई थप कारवाहीको प्रक्रिया अघि बढाइएको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४