काठमाडौं । दुई दिनपछि पुनः बस्न लागेको नेकपा एमाले महाधिवेशन आयोजक कमिटीको बैठकले सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन विपक्षीहरूलाई सहयोग गर्ने आफ्ना सांसदहरुलाई कारवाही गर्ने जनाइएको छ ।
अध्यक्ष केपी शर्मा ओलीले आइतबार बोलाउनुभएको बैठकले सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन विपक्षीहरूलाई सहयोग गर्ने माधव नेपाल र झलनाथ खनालसहित उक्त समूहका सांसदहरुलाई कारवाही गर्ने तयारी गरेको जनाइएको छ ।
समाचार स्रोतका अनुसार आइतबार १० बजेका लागि बोलाइएको कमिटीको बैठकअघि स्थायी समिति बैठक बसिएको छ । र, बैठकले नेपाल–खनाल समूहका सांसदहरुलाई कारवाही गर्ने विषयमा छलफल भएको स्रोतले बताएको छ ।
पार्टीले यसअघि नै नेपाल, खनाल, भीम रावलसहित २७ सांसदहरुलाई निलम्बित गरेको छ । अहिले कर्णाली फ्लोर क्रस प्रकरणजस्तै सरकार ढाल्ने खेल सुरु हुन लागेको जानकारी आएसँगै पार्टीले पुनः कारवाहीको तयारी अघि बढाएको स्रोतले बतायो ।
यदि नेपाल, खनाल, रावललगायत नेताहरुलाई कारवाही नगर्दा पार्टीले थप क्षति ब्यहोर्नुपर्ने भन्दै समस्या आउनुअगावै कारवाही गर्नुपर्ने स्थायी समिति बैठकले निष्कर्ष गरेको स्रोत बताउछ ।