Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सरकारकाे आदेश पालना नै भएन, लकडाउन गर्नुपर्ने निष्कर्ष !


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, बैशाख १२ २०७८
  • 2.1K
    SHARES

काठमाडौं । पछिल्लाे समय काेराेना भाइरसकाे दाेस्राे लहर बढिरहँदा पनि मानिसहरू सचेत नभएकाे भन्दै सरकारले थप कडा कदम चाल्ने तयारी गरिरहेकाे  छ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग शनिबार अपरान्ह कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)  ले ब्रिफिङ गरेकाे छ । बालुवाटारमा उपप्रधानमन्त्री ईश्वर पोखरेलसहित ८ मन्त्री, १२ जना सचिव, सुरक्षा अंगका प्रमुखहरु र अन्य केही कर्मचारीको संलग्नतामा काेराेना नियन्त्रण प्रयासबारे छलफल गर्न बैठक बसेकाे थियाे । उक्त बैठकमा कोरोनाको बढ्दाे जोखिम, यसमा भइरहेका प्रयासहरु तथा सरकारका पछिल्ला समस्याबारे ब्रिफिङ भएकाे बताइएकाे छ ।

 

उक्त ब्रिफिङ बैठककाे निष्कर्ष चाहिँ लकडाउन गर्नुपर्ने रहेकाे बताइएकाे छ । सरकारले यसअघि बैशाख ६ गते जारी गरेको आदेश उल्लंघन भइरहेमा र नागरिकहरू सचेत नभएमा लकडाउन गर्ने तयारी रहेकाे बताइएकाे छ ।

सरकारले शहरी क्षेत्रका विद्यालयहरू बन्द गर्न भने पनि अझै कतिपय स्कुल तथा कलेजहरू खुलिरहेकै छन् । कतिपय परीक्षाहरू सञ्चालन भइरहेका छन् । सडकमा, बजारमा सबैतिर भीड उस्तै छ । जबकि सरकारले २५ जना भन्दा बढी भेला हुन नपाउने निर्देशन दिएकाे थियाे । हुन त सरकारले नै उक्त नियम उल्लंघन गर्दै गरेकाे देखिन्छ । शनिबार नै पुनर्निर्मित धरहरा उद्घाटन गर्दा प्रधानमन्त्री नै भीडमा घेरिनुभएकाे थियाे ।

छिमेकी राष्ट्र भारतमा समेत काेराेनाकाे अवस्था भयावह बनिरहँदा त्यताबाट नेपाल भित्रनेहरूका कारण झन् जाेखिम बढिरहेकाे छ । नागरिकहरूकाे लापरवाही रोक्न काठमाडौं उपत्यका लगायत ठूला शहरमा ‘लकडाउन’ गर्न उपयुक्त हुने सुझाव सीसीएमसीले दिएकाे छ भने चिकित्सकहरूकाे सुझाव पनि उस्तै छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४