Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

गोरखा महाभूकम्प गएको ६ वर्ष पूरा, निजी आवास पुननिर्माण ९३ प्रतिशत सम्पन्न


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, बैशाख १२ २०७८
  • 2.9K
    SHARES

काठमाडौं । नेपालमा पछिल्लो विनाशकारी भूकम्प गएको आज बैशाख १२ गतेवाट ६ बर्ष पूरा भएको छ ।

६ बर्ष अघि आजैको दिन बैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दू बनाएर ७ दशमलव ६ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो ।विनाशकारी भूकम्पले नौ हजारभन्दा बढी नेपालीको ज्यान लिएको थियो । १८ हजारभन्दा बढीलाई घाइते बनाएको यो दिन निक्कै दुःखदायी र त्राशदीपूर्ण दिनको रुपमा मानिन्छ ।

बैशाख १२ गतेको भूकम्पवाट नेपालको १४ जिल्ला अतिप्रभावित बनेको थियो । त्यसको प्रत्यक्ष असर ३१ जिल्लामा पनि परेको थियो ।नीजि घर तथा सरकारी भवन गरेर करिब नौ लाख घर तथा भवन काम नलाग्ने गरेर भत्किएको थियो ।यता राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले बैशाख १२ को भूकम्पबाट क्षति भएका निजी अवास क्षेत्रको पुनर्निर्माणको प्रगति उच्च रहेको जनाएको छ ।

अनुदान सम्झौता गरेका ८ लाख ११ हजार ७ सय ५४ लाभग्राहीमध्ये घर पुनर्निर्माण शुरु गरेका कुल लाभग्राहीको संख्या ७ लाख ५३ हजार १ सय ४ रहेको र उक्त संख्या ९३ प्रतिशत हुने प्राधिकरणले जनाएको छ ।यस्तै पहिलो किस्ता वितरण ९९ दशमलब ८६ प्रतिशत, दोस्रो किस्ता वितरण ८६ दशमलब ७८ प्रतिशत र तेस्रो किस्ता वितरण ७८दशमलब ६६ प्रतिशत पुगेको छ ।

क्षतिग्रस्त ९ सय २० सम्पदा मध्ये ४ सय ९३ वटाको पुनर्निर्माण सम्पन्न भइकसकेको छ भने २ सय ८८ वटा पुनर्निर्माण भइरहेका छन् ।रानीपोखरी र धरहराको पुनर्निर्माण सम्पन्न भईसकेको छ भने सिंहदरबारको उत्तर, दक्षिण र पूर्वी भागको पूनर्निमाण सम्पन्न भई गत वर्ष देखि सञ्चालनमा आइसकेको छ ।

केशरमहल, बबरमहल, बालमन्दिर, नारायणहिटी संग्राहलय क्षेत्रमा रहेको रणोद्दीप दरबार लगायतका पुरातात्विक महत्वका दरबारहरुको जिर्णोद्धार गर्नेकार्य जारी छ ।क्षति भई मर्मत गर्नुपर्ने ४ सय २ गुम्बामध्ये २ सय ९४ वटा सम्पन्न भइसकेका छन् ।

पुनर्निर्माण गर्नुपर्ने ८ सय ९५ मध्ये एक सय भन्दा पुराना र २ हजार वर्ग फिट भन्दा बढी प्लिथ एरिया भएका २ सय ६४ वटा गुम्बामध्ये ३६ वटा र १ सय वर्ष भन्दा कम र २ हजार वर्ग फिटभन्दा मुनिका ६ सय ३१ गुम्बामध्ये १ सय १ वटाको पुननिर्माण कार्य अगाडि बढिसकेको जनाइएको छ ।भूकम्पबाट क्षतिग्रस्त कुल ७ हजार ५ सय ५३ विद्यालयमध्ये ८३ प्रतिशत विद्यालयको पुनर्निर्माण सम्पन्न भएको छ, बाँकी १७ प्रतिशत विद्यालय पुनर्निर्माणको चरणमा रहेको पनि प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४