Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

काठमाडौंबासीलाई आज दीपावली मनाउन प्रधानमन्त्री ओलीको आग्रह


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, बैशाख ११ २०७८
  • 2.3K
    SHARES

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमडौंबासीलाई दीपावली मनाउ आग्रह गर्नुभएको छ । शनिबार पुनर्निमित ऐतिहासिक धरहरा समुद्घाटन समारोहपछि बोल्दे यो खुसीको क्षणमा काठमाडौंबासीलाई दीपावली मनाउन आग्रह गर्नुभएको हो ।

उहाँले भन्नभुयो, ‘पुनर्निर्मित धरहराको फेदमा हामी यो कार्यक्रम मनाइरहेका छौँ । यतिबेला काठमाडौंबासी दिदी बहिनी तथा दाजुभाइमा जुन गर्व अनुभुति छ, त्यसमा सरिक हुन चाहन्छु । आज यो उपलक्ष्यमा काठमाडौंबासीले दीपावली गर्नुहुने विश्वास लिएको छु । कमसेकम यो खुसीको क्षणमा दीपावली गर्न सक्छौँ र दीपावली गर्न आग्रह गर्न चाहन्छु ।’

प्रधानमन्त्री ओलीका अनुसार धरहरा पुनर्निमाण मात्र नभए रानीपोखरीको पुनर्निमाण र मेलम्चीको पानी पनि काठमाडौंमा ल्याइपुर्याइएको बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘धरहरा निर्माण हुँदोरहेछ भयो, रानीपोखरो बन्यो, मेलम्चीको पानी आयो । अब, भृकुटीमण्ड, टुँडिखेलको डिजाइन दुई तीन वर्षभित्र हुन्छ । काठमाडौं विश्वका मानिसलाई आउ आउ जस्तो, फर्र्किंदा फेरि भ्रमण गर्नु काफी छैन फेरि एकपटक आउनुपर्छ भन्ने बनाइनेछ ।’

यसैगरी आज अर्काे ऐतिहासिक दिन अर्थात् १५ वर्षअघि लोकतन्त्र प्राप्ति भएको उहाँले बताउनुभएको छ । र, लोकतन्त्र दिवसको अवसरमा सबैलाई प्रधानमन्त्री ओली शुभकामना दिनुभएको छ ।

नेपाली जनतालाई सुखी बनाउन सबै आ–आफ्नो ठाउँबाट लागिपर्न उहाँको आह्वान रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४